बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सेयर बजार

तीव्र उतारचढावका बिच नेप्से सूचक ४७.०४ अंकले वृद्धि, ४ अर्ब ५७ करोडको कारोबार

मङ्गलबार, १८ असार २०८१, १५ : ३३
मङ्गलबार, १८ असार २०८१

काठमाडौँ । मंगलबार कारोबार सुरु भएसँगै तीव्र गतिमा बढेको नेप्से सूचक अन्ततः ४७.०४ अंकले बढ्दै २१ सयको विन्दुमा अडिएको छ । सत्ता समीकरण फेरबदल हुने परिस्थिति बनेसँगै लगानीकर्ताहरूमा गतिशीलता आउँदा मंगलबार नेप्स सूचक ५ प्रतिशतसम्मले बढ्दै दुईपटक हल्ट भएको थियो । 

दिउँसो १२ बजेसम्म १०२ अंकसम्मले वृद्धि भएको नेप्से सूचक अन्ततः पुन फर्किएर ४७.०४ अंकमा झरेको हो । यस दिन 'क' वर्गको सेन्सेटिभ इन्डेक्स समेत ८.९४ अंकले बढ्दै ३७०.७१ विन्दुमा उक्लिएको छ । 

४७ अंकले नेप्से बढेको यस दिन ४ अर्ब ५७ करोड ६८ लाख रुपैयाँ बराबरको १ करोड १६ लाख ४५ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ । 

मंगलबार १३ वटै उपसूचक धानात्मक हुँदा बैंकिङ्ग समूह, म्यानु एण्ड प्रो र ट्रेडिङ समूहको उपसूचक ३ प्रतिशत माथिले बढेका छन् । यसैगरी डेभलपमेन्ट बैंक समूहको उपसूचक २.०१ प्रतिशतले बढ्दा मंगलबार फाइनान्स समूहको उपसूचक २.११ प्रतिशतले, इन्भेष्टमेन्ट २.३१ प्रतिशत, जीवन बीमा २.१७ प्रतिशतले र निर्जीवन बीमा समूह २.४३ प्रतिशतले बढेका छन् ।

मंगलबार २२७ कम्पनीको सेयर मूल्य बढ्दा १७ वटाको मात्र घटेको छ । ३ वटा कम्पनीको मूल्य भने स्थिर रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप