बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्टार कलाकार बिनाको मुंजा सय करोड भारु क्लबमा

मङ्गलबार, १८ असार २०८१, १५ : २०
मङ्गलबार, १८ असार २०८१

नयाँ दिल्ली । ठुला स्टार कास्ट नरहेको बलिउड फिल्मले बक्स अफिसमा मनग्य कमाई गरेको विरलै देख्न पाइन्छ । तर हरर कमेडी मुंजाले यो उपलब्धि हासिल गरेको छ । 

बक्स अफिसमा फिल्मको कलेक्सन सय करोड भारुमा पुगेको छ । मुंजाका लागि सय करोड भारु कमाउन त्यति सहज भने थिएन ।

पछिल्ला केही दिनदेखि बक्स अफिसमा फिल्मले चन्दु च्याम्पियन र कल्की २८९८ एडीसँग कडा प्रतिस्पर्धा गर्नु परेको थियो । ठुला स्टारका फिल्मसँग जुधेर पनि मुंजाले लगातार कमाइ रहेको छ । दर्शकहरूले यसको कथालाई निकै मन पराइरहेका छन् । हलमा दर्शकको ताँती लागिरहँदा कलेक्सन पनि बढ्दै गएको छ ।

फिल्ममा छन् यी कलाकार

मुंजा यही जुन ७ मा सिनेमाघरमा रिलिज भएको थियो । आदित्य सरपोतदारले निर्देशन गरेको यो हरर कमेडी फिल्म हो । फिल्ममा ठुला कलाकार छैनन् । यसअघि मनोज बाजपेयीको वेब सिरिजमा ‘द फैमिली म्यान’ काम गरेका अभय वर्माले फिल्ममा मुख्य भूमिका निर्वाह गरेका छन् । 

उनीसँगै शर्वरी वाघ पनि मुख्य भूमिकामा छिन् । फिल्मलाई म्याडक फिल्म्सले निर्माण गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप