बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानमन्त्री भेट्न गृहमन्त्री लामिछाने प्रधानमन्त्री कार्यालयमा

मङ्गलबार, १८ असार २०८१, १५ : १६
मङ्गलबार, १८ असार २०८१

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न प्रधानमन्त्री कार्यालय पुगेका छन् । 

नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता सहकार्यमा सहमति भएपछि गृहमन्त्री लामिछाने प्रधानमन्त्री भेट्न मंगलबार प्रधानमन्त्री कार्यालय पुगेका हुन् । 

गृहमन्त्री लामिछाने सांसद स्वर्णिम वाग्लेसहित प्रधानमन्त्री कार्यालय गएका हुन् । त्यसअघि उनले पार्टीका केही नेतासँग गृह मन्त्रालयमा छलफल गरेका थिए । 

यसअघि बसेको  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठकले  नयाँ गठबन्धनको सरकार बन्ने प्रक्रिया सुरु हुने बित्तिकै सरकारबाट बाहिरिने निर्णय गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप