बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय
युरोकपको नकआउट चरण

पहिलो उपाधिको खोजीमा रहेको रोमानिया, ३६ वर्षपछि इतिहास दोहोर्‍याउने धुनमा रहेको नेदरल्यान्ड्स

मङ्गलबार, १८ असार २०८१, १६ : ००
मङ्गलबार, १८ असार २०८१

काठमाडौँ । ३६ वर्षपछि उपाधि जित्ने अभियानमा रहेको नेदरल्यान्ड्सले युरोकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल प्रवेशका लागि मंगलबार रोमानियाको सामना गर्दैछ । उक्त खेल नेपाली समयअनुसार राति २१ः४५ बजे सुरु हुनेछ । 

हालसम्म युरोकपको उपाधि चुम्न नसकेको रोमानिया जारी संस्करणमा भने निकै बलियो टोलीका रूपमा देखापरेको छ । रोमानिया प्रारम्भिक चरणमा आफ्नो समूहको विजेता बन्दै प्रतियोगिताको प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेको हो । 

afp_en_d39e8e2fde7f4c354064df1c7594483deb2b353e

नेदरल्यान्ड्स भने बल्लतल्ल नकआउट चरणमा प्रवेश गरेको हो । प्रारम्भिक चरणमा रोमानिया समूह ‘ई’ मा रहेको थियो । रोमानियाले आफूले खेलेका तीनमध्ये एक खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा हारको नतिजा निकाल्यो । 

रोमानियाले समूहगत चरणमा चार गोल गरेको थियो भने तीन गोल खाएको थियो । त्यो समूहबाट बेल्जियम उप–विजेता बन्दै नकआउट चरणमा पुगेको थियो । बेल्जियम यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । 

नेदरल्यान्ड्स भने समूह ‘डी’ मा रहेको थियो । नेदरल्यान्ड्स आफ्नो समूहमा तेस्रो भएको थियो । डच टोलीले एक जित, एक बराबरी र एक हारबाट चार अङ्क बटुलेको थियो । त्यसपछि ‘अरेन्जी’ तेस्रो हुने उत्कृष्ट चार टोलीभित्र पर्दै नकआउट चरणमा पुगेको थियो ।

onecms_1c6295r011gu7g2xsy4_01224927

उक्त समूहबाट अस्ट्रिया पहिलो र फ्रान्स दोस्रो हुँदै नकआउट चरणमा पुगेका थिए । फ्रान्स यसअघि नै प्रतियोगिताको क्वार्टरफाइनलमा पुगिसकेको छ । त्यसैले समूहगत चरणको नतिजालाई हेर्दा डच टोलीभन्दा रोमानिया बलियो देखिन्छ । 

तर, विश्व फुटबल महासंघद्वारा जारी पछिल्लो वरीयतामा भने रोमानियाभन्दा नेदरल्यान्ड्स निकै बलियो देखिन्छ । पछिल्लो फिफा वरीयतामा नेदरल्यान्ड्स सातौँ स्थानमा छ । रोमानिया भने वरीयताको ४७औँ स्थानमा छ । 

युरोकपमा सहभागिता र उपलब्धिको हिसाबले पनि रोमानियाभन्दा नेदरल्यान्ड्स तुलनात्मकरुपमा बलियो देखिन्छ । युरोकपमा नेदरल्यान्ड्सको यो ११औँ सहभागिता हो । नेदरल्यान्ड्सले सन् १९७६ मा पहिलोपटक युरोकप खेलेको थियो ।

पछिल्लो समय लयमा देखिएको रोमानिया युरोकपमा अप्रत्याशित नतिजा निकाल्ने धुनमा देखिन्छ । समूहगत चरणमा पोल्यान्डलाई २–१ गोलले हराएको नेदरल्यान्ड्सले फ्रान्सलाई बराबरीमा रोकेर आफ्नो क्षमताको परिचय पनि दिइसकेको छ । ‘अरेन्जी’ भने ३६ वर्षपछि युरोकप जित्दै इतिहास दोहोर्‍याउने योजनामा देखिन्छ ।

युरोकपमा नेदरल्यान्ड्सको प्रदर्शन सधैँ अब्बल रहँदै आएको छ । तर, नेदरल्यान्ड्स ठुला अन्तर्राष्ट्रिय प्रतियोगिता सधैँ अन्तिम समयमा आएर चुक्ने गरेको छ । विश्वकपमा पनि नेदरल्यान्ड्सले यस्तै नियति बेहोर्दै आएको छ । 

युरोकपमा पनि नेदरल्यान्ड्स हालसम्म एकपटक मात्र उपाधि जित्नसकेको छ । सन् १९८८ मा नेदरल्यान्ड्सले युरोकपको उपाधि जितेको थियो । त्यतिबेला नेदरल्यान्ड्सले फाइनलमा तत्कालीन सोभियत संघलाई २–० गोलले हराएको थियो ।

त्योभन्दा अघि वा पछि नेदरल्यान्ड्स कहिल्यै युरोकपको फाइनलमा पुग्न सकेको छैन । विश्वकप फुटबलमा त नेदरल्यान्ड्सको अवस्था योभन्दा पनि दयनीय देखिन्छ । तीनपटक फाइनलसम्म पुगेर पनि नेदरल्यान्ड्सले हालसम्म विश्वकपको उपाधि चुम्न सकेको छैन ।

नेदरल्यान्ड्सको टोली सन् १९७४, सन् १९७८ र सन् २०१० मा विश्वकपको फाइनलमा पराजित भएको थियो । यी सब कारणले गर्दा नै नेदरल्यान्ड्सले अन्तर्राष्ट्रिय फुटबलमा अभागी टोलीको संज्ञा पाएको हो । 

slovakia-vs-romania-1

अर्कोतिर, युरोकपको रोमानियाको यो छैटौँ सहभागिता हो । रोमानियाले सन् १९८४ मा पहिलो पटक युरोकप खेलेको थियो । तर, रोमानियाले हालसम्म युरोकपको उपाधि जित्न सकेको छैन । रोमानिया हालसम्म युरोकपको सेमिफाइनलमा पनि पुग्न सकेको छैन ।

त्यसैले पछिल्लो समय लयमा देखिएको रोमानिया यो युरोकपमा अप्रत्याशित नतिजा निकाल्ने धुनमा देखिन्छ । समूहगत चरणमा पोल्यान्डलाई २–१ गोलले हराएको नेदरल्यान्ड्सले फ्रान्सलाई बराबरीमा रोकेर आफ्नो क्षमताको परिचय पनि दिइसकेको छ ।

जारी युरोकपको छनोट प्रतियोगितामा पनि रोमानियाको प्रदर्शन उत्कृष्ट थियो । छनोट प्रतियोगितामा रोमानिया आफ्नो समूहको विजेता बनेको थियो । रोमानियाले आफूले खेलेको १० मध्ये ६ खेलमा जित र चार खेलमा बराबरीको नतिजा निकालेको थियो ।

छनोट प्रतियोगितामा रोमानियाले विपक्षीको पोस्टमा १६ गोल गरेको थियो भने केवल पाँच गोल खाएको थियो । नेदरल्यान्ड्स भने छनोट चरणमा आफ्नो समूहको उप–विजेता बन्दै युरोकपमा स्थान बनाएको हो । 

resize

नेदरल्यान्ड्सले छनोट प्रतियोगितामा खेलेका आठमध्ये ६ खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको थियो । नेदरल्यान्ड्सले विपक्षीको पोस्टमा १७ गोल गरेको थियो भने केवल सात गोल खाएको थियो ।

अन्तर्राष्ट्रिय फुटबलमा नेदरल्यान्ड्स र रोमानियाबिच कुल १३ खेल खेलिएको छ । त्यसमध्ये नौ खेलमा नेदरल्यान्ड्सले रोमानियालाई हराएको छ । एक खेलमा भने रोमानियाले नेदरल्यान्ड्सलाई पराजित गरेको छ । यी दुई टोलीबिचको तीन खेल भने बराबरीमा सकिएको छ ।

जारी युरोकपमा रोनाल्ड कोएम्यान नेदरल्यान्ड्सका प्रमुख प्रशिक्षक हुन् । डच टोलीमा लिभरपुलका भर्जिल भान डाइक (कप्तान), ब्राइटनका बार्ट भब्र्रुगेन (गोलरक्षक), बायर्न म्युनिखका म्याथिज डी लिट, म्यानचेस्टर सिटीका नाथन अकेलगायतका खेलाडी छन् । 

१७औँ युरोकपमा रोमानियाको टोली भने एडवार्ड लर्डानेस्कुको प्रमुख प्रशिक्षकत्वमा रहेको छ । रोमानियाको टोलीमा डमाकका निकोल स्टान्सिउ (कप्तान), टोट्टनहामका राडु ड्रागुसिन, पाफोस एसफसीका एड्रिन रस, गाजियनटेपका फ्लोरिन निता (गोलरक्षक), पिसाका मारियस मारिन, पार्माका भ्यालेन्टिन मिहाइलालगायतका खेलाडी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप