बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एसईईमा मौलापुर नगरपालिकाका सामुदायिक विद्यालयले ल्याए उत्कृष्ट नतिजा

मङ्गलबार, १८ असार २०८१, १४ : २०
मङ्गलबार, १८ असार २०८१

रौतहट । माध्यामिक शिक्षा परीक्षा (एसईई) मा रौतहटको मौलापुर नगरपालिकाका विद्यालयले राम्रो नतिजा हासिल गरेका छन् । मौलापुर नगरपालिकाका सामुदायिक विद्यालयले  औसतमा ७५ प्रतिशत नतिजा हासिल गरेका हुन् । 

निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु प्रसाद साहले गम्हरिया माविबाट कुल विद्यार्थीमध्ये ९० प्रतिशत विद्यार्थी उत्तीर्ण भएको जानकारी दिए । यस्तै  लक्ष्मीमिया माविबाट ८९.४७, पथराबुधरामबाट ८० प्रतिशत, जनता मावि सोनरनियाबाट ६५.०४ र ट मर्यादपुर ५१.७२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको साहले जानकारी दिए । 

देशभर एसईई विद्यार्थीहरुको उत्तीर्ण सङ्ख्या ४७.८६ प्रतिशत हुँदा मौलापुर नगरपालिकाको उत्तीर्ण ७५ रहनु खुसीको विषय भएको मेयर रीना कुमारी साहले जानकारी दिइन् । 

 नगरपालिकामा आवश्यक शिक्षक १८० हुनुपर्ने ठाउँमा जम्मा ६० जना शिक्षक रहेको स्थिति छ । जसमा नगरपालिकाद्वारा ६५ नगर शिक्षक थपेर पढाइलाई स्तरीय बनाउन प्रयास गर्दै आएको छ । 

सो क्षेत्रका संघीय सांसद समेत रहेका आजपाका अध्यक्ष प्रभु साहले शिक्षा क्षेत्रमा मौलापुरले गरेको लगानीको प्रतिफल देखिएको जानकारी दिए । उनले यो सफलतामा नगरप्रमुख रीना कुमारी साह र मेहनतका साथ अध्यापन गराउने शिक्षकहरुलाई धन्यवाद सहित सफल विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप