प्रधानमन्त्रीद्वारा राष्ट्रपति समक्ष राजनीतिक घटनाक्रमबारे ब्रिफिङ
मङ्गलबार, १८ असार २०८१, १३ : ५०

काठमाडौँ । सत्ता सङ्कट व्यहोरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग मङ्गलवार भेट गरेका छन् ।
प्रधानमन्त्रीले राष्ट्रपति समक्ष विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेको राष्ट्रपति प्रेस विज्ञ किरण पोखरेलले रातोपाटीलाई जानकारी दिए ।
नेपाली काँग्रेस र एमालेबिच सत्ता साझेदारी गर्ने सहमति भएको परिवेशमा शीतल निवास पुगेर प्रचण्डले राष्ट्रपतिसँग भेट गरेका हुन् ।
दुई दलको निर्णयपछि प्रचण्डले तत्काल राजीनामा नदिने र संसदमा विश्वासको मतको प्रक्रियामा जाने अडान लिएका छन् ।
बिहान प्रधानमन्त्री प्रचण्डलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए। तर प्रचण्डले राजीनामा नदिने निर्णय सुनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको बदला, अस्ट्रेलियालाई हराउँदै भारत च्याम्पियन्स ट्रफीको फाइनलमा
-
रुपन्देहीको सुनगाभा सैनामैना गोल्डकप : फर्साटिकारले पुलिसलाई हरायो
-
क्रिप्टोकरेन्सी कारोबारमा संलग्न व्यक्ति सशस्त्र र नेपाल प्रहरीबाटै लुटिए
-
प्रशिक्षणमा सहभागी कांग्रेस क्षेत्रीय सभापतिहरू भन्छन्– ऊर्जा मिल्यो
-
अन्तरपालिका भलिबलको उपाधि नवलपुरको बौदीकालीलाई
-
दूतावास च्याम्पियनसिप फुटबल : नेपाललाई २ का विरुद्ध ८ गोल