बेरिल चक्रवातका कारण एकको मृत्यु
मङ्गलबार, १८ असार २०८१, १३ : ४२

बार्बाडोस । बेरिल चक्रवातले क्यारेबियन क्षेत्रका कयौँ देशहरूमा विध्वंस मच्चाइरहँदा कम्तीमा एक जनाको मृत्यु भएको छ । हजारौँ मानिसहरू बिजुली बत्ती बिना अस्थायी शिविरमा बस्न बाध्य भएका छन् ।
चक्रवात यतिबेला पाँचौँ श्रेणीमा रहेको र पश्चिममा जमाइकातिर गइरहेको बताइएको छ । हप्ताको अन्त्यसम्ममा चक्रबात दक्षिण पूर्वी मेक्सिकोमा पुग्ने अनुमान गरिएको छ । सामाजिक सञ्जालमा पोष्ट भएका तस्बिरहरूमा घरहरूका छाना उडेको देखिएको छ ।
चक्रवातको केन्द्रमा प्रतिघण्टा १५० माइलका दरले हुरी अगाडि बढिरहेको बताइएको छ । सेन्ट भिन्सेन्ट, ग्रेनाडाइन्सका साथसाथै ग्रेनडा पनि क्षतिको उच्च जोखिममा रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बजेट कार्यान्वयन कमजोर हुँदा अर्थतन्त्रमा गम्भीर असर’
-
नेपालमा पहिलो पटक स्काईवेल पाइलट समिट हुँदै
-
शिक्षकहरूको आन्दोलनले यात्रुलाई सास्ती
-
तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्री राणाको निर्देशन
-
निजामती सेवा विधेयक : फेल भएको अतिरिक्त सचिव, ‘कुलिङ पिरियड’ नराख्ने सरकारको अडान
-
यसरी निभ्यो वीरगञ्जको साम्प्रदायिक आगो