शिक्षा मन्त्रालयले सुरु गर्यो ‘करिअर काउन्सेलिङ’का लागि विशेष वेबसाइट
![शिक्षा मन्त्रालयले सुरु गर्यो ‘करिअर काउन्सेलिङ’का लागि विशेष वेबसाइट](https://npcdn.ratopati.com/media/news/education-ministry_myCSFV9pfL.jpg)
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वृत्ति मार्गनिर्देशन अर्थात् करिअर काउन्सेलिङका लागि नयाँ विशेष वेबसाइट सार्वजनिक गरेको छ। वेबसाइटमा विद्यार्थी, अभिभावक, शिक्षक र स्थानीय तहका लागि आवश्यक जानकारी छुट्टाछुट्टै ट्याबमा राखिएको छ।
छात्रवृत्तिका विषयमा तथा उच्च एवं प्राविधिक शिक्षाका विषयमा आवश्यक जानकारी वेबसाइटमा राखिएको छ भने सरकारका विभिन्न निकायबाट विद्यार्थीका लागि प्राप्त हुने सूचना एकै ठाउँबाट सार्वजनिक गर्ने प्रबन्ध गरिएको छ।
जीवनमा के बन्ने, के पढ्ने, कस्तो पेसा छनोट गर्ने भन्ने निकै जटिल प्रश्न हुन्छ। यो वेबसाइटले विद्यार्थीलाई आफ्नो रुचि अनुसारको शिक्षा छनोट गर्न, छात्रवृत्तिका अवसर पत्ता लगाउन, विभिन्न पेसाबारे थाहा दिन मद्दत गर्नेछ। विद्यार्थीले आफ्नो वृत्ति मार्ग निर्धारण गर्न समाजका असल र सफल पात्रहरूका प्रेरणाका कथाहरू पनि वेबसाइटमा हेर्न र पढ्न मिल्नेछ।
वेबसाइटमा राखिएको प्रश्नावलीमा सहभागी भई करियर असेसमेन्टमार्फत विद्यार्थीहरूले आफ्नो क्षमता जाँच गरेर वृत्ति सुझाव प्राप्त गर्न सक्नेछन्। वेबसाइटमा पेसा र रोजगारीका लागि जानकारी पाइने E-learning का स्रोतहरू पनि राखिएको छ।
यही कार्यक्रमअन्तर्गत शिक्षामन्त्री सुमना श्रेष्ठले आफै सञ्चालन गरेर ८ एपिसोडमा विभिन्न पेसाका मानिसहरूमार्फत ती पेसाका सम्भावना र चुनौतीबारे बहस पनि गर्नुभएको थियो। ती सबै युट्युब पोडकास्ट पनि वेबसाइटमा राखिएको छ।
वृत्ति, रोजगारी, सीप तथा जीवनपर्यन्त सिकाइलाई श्रम बजारको आवश्यकता, वैयक्तिक रुचि, खुबी र क्षमता अनुसार दिगो, मर्यादित र व्यवस्थित रूपमा मार्ग निर्देशित गर्न विद्यार्थीलाई सूचना, परामर्श, एवम् वृत्ति मार्गनिर्देशन सेवा प्रदान गर्ने उद्देश्यले वृत्ति मार्गनिर्देशन कार्यक्रम लागु गरिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डाक्टर र नर्सले पाएको लाइसेन्सलाई कमजोर ठान्नु हुँदैन : मन्त्री यादव
-
बेनी–जोमसोम सडक खण्डमा राति यात्रा नगर्न अपिल
-
अख्तियारको पत्रपछि मेयर चिरिबाबु : सम्पदा संरक्षणमा कुनै पनि शक्तिसँग झुक्दिनँ (भिडियोवार्ता)
-
आगामी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा हुन्छ : मन्त्री तामाङ
-
प्रधानमन्त्रीलाई भेटेपछि रास्वपाका मन्त्रीहरू राजीनामाको तयारीबाट ब्याक
-
आयुक्तको घरको पर्खाल भत्काएपछि पुरानो मुद्दामा ललितपुरका मेयरलाई अख्तियारको पत्र