बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

रास्वपालक्षित दीपकराज गिरीको कटाक्ष : ठुला माछा समाउँदै थियौँ !

मङ्गलबार, १८ असार २०८१, १३ : २५
मङ्गलबार, १८ असार २०८१

काठमाडौँ । अभिनेता दीपकराज गिरी व्यङ्ग्य गर्न माहिर छन् । बेलाबेलामा हुने राजनीतिक परिवर्तनलाई समेत उनी व्यङ्ग्य गर्दै आएका छन् । पछिल्लो समय हुन लागेको सत्ता समीकरण परिवर्तनलाई लिएर पनि गिरीले रास्वपा लक्षित व्यङ्ग्य गरेका हुन् ।

मंगलबार बिहान सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले अब रातारात देशी विदेशी शक्तिको ग्रान्ड डिजाइनमा सरकार परिवर्तन गरियो भन्ने सुन्नुपर्ने दिन आउने बताएका छन् । उनले भनेका छन्, ‘नतिजा आउँदै थियो ! ठुला माछा समाउँदै थियौँ ! त्यो थाहा पाएर रातारात देशीविदेशी शक्तिको ग्रान्ड डिजाइनमा सरकार परिवर्तन गरियो । अब सुन्नुपर्ने कुरा !’

सरकारमा गएर ठोस काम गर्न नसकेको र परिणाम दिन नसकेको भन्दै यसअघि रास्वपासमर्थक कलाकारले पनि पार्टीको आलोचना गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप