रास्वपालक्षित दीपकराज गिरीको कटाक्ष : ठुला माछा समाउँदै थियौँ !
मङ्गलबार, १८ असार २०८१, १३ : २५
![रास्वपालक्षित दीपकराज गिरीको कटाक्ष : ठुला माछा समाउँदै थियौँ !](https://npcdn.ratopati.com/media/gallery/deepakraj-ghiri_dvL0qRQbIM.jpg)
काठमाडौँ । अभिनेता दीपकराज गिरी व्यङ्ग्य गर्न माहिर छन् । बेलाबेलामा हुने राजनीतिक परिवर्तनलाई समेत उनी व्यङ्ग्य गर्दै आएका छन् । पछिल्लो समय हुन लागेको सत्ता समीकरण परिवर्तनलाई लिएर पनि गिरीले रास्वपा लक्षित व्यङ्ग्य गरेका हुन् ।
मंगलबार बिहान सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले अब रातारात देशी विदेशी शक्तिको ग्रान्ड डिजाइनमा सरकार परिवर्तन गरियो भन्ने सुन्नुपर्ने दिन आउने बताएका छन् । उनले भनेका छन्, ‘नतिजा आउँदै थियो ! ठुला माछा समाउँदै थियौँ ! त्यो थाहा पाएर रातारात देशीविदेशी शक्तिको ग्रान्ड डिजाइनमा सरकार परिवर्तन गरियो । अब सुन्नुपर्ने कुरा !’
सरकारमा गएर ठोस काम गर्न नसकेको र परिणाम दिन नसकेको भन्दै यसअघि रास्वपासमर्थक कलाकारले पनि पार्टीको आलोचना गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशका एमाले मन्त्रीले राजीनामा दिने
-
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन्छौँ : घनश्याम भुसाल
-
ग्रिन हाइड्रोजनले स्वच्छ ऊर्जा रूपान्तरणमा योगदान गर्छ : मन्त्री बस्नेत
-
नेप्से १५.४६ अंकले बढ्यो, साढे ६ अर्बको कारोबार
-
प्रचण्डलाई संसद फेस गर्न दिने मुडमा कांग्रेस–एमाले
-
डाक्टर र नर्सले पाएको लाइसेन्सलाई कमजोर ठान्नु हुँदैन : मन्त्री यादव