उपसभामुख राना र सांसद सुहाङ नेम्वाङ चीन भ्रमणमा
मङ्गलबार, १८ असार २०८१, १३ : १६

काठमाडौँ । उपसभामुख इन्दिरा राना सातदिने औपचारिक भ्रमणका लागि मंगलबार चीन प्रस्थान गरेकी छिन् ।
उपसभामुख राना चीनको स्वशासित क्षेत्र तिब्बतमा जुलाई २ देखि ५ सम्म आयोजना हुने चौथो चाइना सिज्याङ ट्रान्स–हिमालयन फोरम फर इन्टर नेशनल कर्पोरेसनमा भाग लिन अपराह्न १२ बजे छेन्दुतर्फ प्रस्थान गरेकी हुन् ।
उनले उक्त फोरममा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भ्रमण दलमा प्रतिनिधिसभाका सदस्य सुहाङ नेम्बाङ र उपसभामुखका स्वकीय सचिव कुमार नेपाली पनि सहभागी छन् ।
फोरममा हिमाली क्षेत्रका यातायात, कृषि तथा औद्योगिक क्षेत्रका साझा मुद्दाका बारेमा बहस हुनेछ । उपसभामुख राना असार २४ गते स्वदेश फर्कने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ
-
गृह मन्त्रालयमा एक सहसचिव र तीन उपसचिव कानुनविपरीत जगेडामा
-
प्लानिङ ब्वाइज युनाइटेड र ब्रिगेड ब्वाइज क्लब विजयी
-
समाजवादी मोर्चाले भोलि विरोधका कार्यक्रम घोषणा गर्ने
-
मार्च १६ मा धर्तीमा आउने भइन् सुनिता विलियम्स
-
१८ करोडमा जेम्स क्यामरुनले गोविन्दालाई अफर गरेका थिए अवतारमा ?