कारले भीडलाई कुल्चिँदा सोलमा कम्तीमा ९ जनाको मृत्यु

सोल । दक्षिण कोरियाको राजधानी सोलमा मानिसहरूको भीडमा कारले ठक्कर दिँदा ९ जनाको मृत्यु भएको छ । यो घटना स्थानीय समयअनुसार सोमबार राति ९ः३० बजेतिरको भएको प्रहरीले बताएको छ ।
योन्ह्याप समाचार एजेन्सीका अनुसार कारका चालक ६८ वर्षका थिए । ट्राफिक स्टपमा उभिएर गाडी पर्खिरहेका मान्छेहरूको भीडलाई गाडीले ठक्कर दिएको थियो ।
यस घटनामा घाइते भएका ४ जनालाई अस्पतालमा भर्ना गरिएको बताइएको छ । प्रहरीले यस घटनाको छानबिन गरिरहेको छ । तर मृतकको सङ्ख्या बढ्न सक्ने चेतावनी दिइएको छ ।
स्थानीय सञ्चार माध्यमका अनुसार कार गलत दिशामा चलाइएको थियो । भीडलाई कुल्चनु अघि कारले अन्य दुई सवारी साधनलाई पनि ठक्कर दिएको थियो । घटना सोल सिटी हलको चोकमा भएको जानकारी दिइएको छ ।
चालकलाई घटनास्थलबाटै पक्राउ गरिएको छ । कारको गति एक्कासि बढेको प्रहरीसँगको सोधपुछमा चालकले बताएका थिए । दक्षिण कोरियामा सडक दुघर्टनामा सबैभन्दा धेरै ज्यान पैदलयात्रीको जाने गरेको छ । सन् २०२२ मा सडक दुघर्टनामा भएको कूल मृत्युमा पैदलयात्रीको अनुपात ३५ प्रतिशत थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते