बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

‘मन्डे टेष्ट’मा पास भयो कल्की, विश्वव्यापी कलेक्सन ६०० करोड भारुमाथि

मङ्गलबार, १८ असार २०८१, १२ : ४८
मङ्गलबार, १८ असार २०८१

नयाँ दिल्ली । दक्षिण भारतीय सुपरस्टार प्रभासको फिल्म कल्की २८९८ एडीले राम्रो कमाइ गरिरहेको छ । नाग अश्विनको निर्देशनमा बनेको फिल्मले भारतमा मात्रै नभएर विदेशमा पनि कमाइमा रेकर्ड बनाइरहेको छ । 

प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हसनको मुख्य भूमिका रहेको यस फिल्मले पहिलो दिनमै लोभ लाग्दो कमाई गरेको थियो । फिल्मको भविष्यवाणी भने सोमबारको कमाइले गर्नेवाला थियो । मन्डे टेष्टमा पनि कल्की पास भएको छ । 

अब फिल्मले बक्स अफिसमा लामो समय आँधी ल्याउने अनुमानहरू आइरहेका छन् । स्याकनिल्कको एक रिपोर्ट अनुसार ५ औँ दिन सोमबार प्रभासको फिल्मले ३४ करोडभन्दा धेरैको व्यापार गरेको छ । 

आइतबारको ८८ करोडलाई हेर्दा यो ६० प्रतिशत कम हो । सप्ताहन्तमा सामान्य भन्दा धेरै कलेक्सन गरेपछि सोमबार कामकाजी दिनमा यतिको कमी आउनुलाई सामान्य मानिन्छ । फिल्मले रिलिजको दोस्रो दिन शुक्रबार ५९ करोड ३० लाख कमाएको थियो । यस हिसाबले सोमबारको कलेक्सन राम्रो हो । 

सोमबारको कलेक्सन सहित कल्कीले भारतमा मात्रै ५ दिनमा ३४४ करोड भारुको व्यापार गरेको छ । कल्की २९८९ एडीको हिन्दी संस्करणले आइतबार करिब ४० करोड भारुको कलेक्सन गरेको थियो । 

पहिलो दिन साढे २२ करोड भारुको व्यापार गरेको फिल्मको हिन्दी भर्जनले सोमबार १७ करोड कमाउनु राम्रो मान्छन् । कल्कीले हिन्दीमा १२८ करोडको खुद कलेक्सन गरेको छ । बिहीबार रिलिज भएको फिल्मले पहिलो सप्ताहान्तमै विश्वभर ५५५ करोडको कलेक्सन गरेको थियो । ५ दिनमा फिल्मको वर्ल्डवाइड कलेक्सन ६०० करोड भारु माथि उक्लिएको छ । फिल्मको कमाइको प्रवृत्ति हेर्दा फिल्मले छिट्टै नयाँ रेकर्ड बनाउने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप