बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

तिला गाउँपालिकामा ८३ मध्ये ६१ योजना सम्पन्न

मङ्गलबार, १८ असार २०८१, १२ : ४३
मङ्गलबार, १८ असार २०८१

जुम्ला । जुम्लाको तिला गाउँपालिकाले पालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा विभिन्न ६१ वटा विकासे योजना सम्पन्न गरिसकेको जनाएको छ ।  गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले ८३ मध्ये ६१ योजना निर्माणकार्य सम्पन्न भएको जानकारी दिएका हुन् । 

निर्माण सम्पन्न भएका केही योजनाको भुक्तानी भइसकेको र ठेक्काबाट सञ्चालन भएका योजनाहरूको भने कार्यसम्पन्न प्रतिवेदन प्राप्त भएपछि भुक्तानी गरिने उनले बताए । पालिकाले आर्थिक वर्ष २०७९/८० मा एक सय ६५ वटा विकास आयोजना सम्पन्न गरेको थियो । 

महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनअनुसार तिलाका नौवटा वडा र पालिकास्तरमा गरी कूल एक सय ६५ योजना सम्पन्न भएका हुन् । तीमध्ये ५० लाखमाथिका १५, पाँच लाखदेखि ५० लाखसम्मका एक सय २० र पाँच लाखभन्दा कम लागतका ३० वटा आयोजना रहेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप