बालुवाटारबाट शीतल निवास निस्के प्रचण्ड, तस्बिरहरू
मङ्गलबार, १८ असार २०८१, १२ : २७

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता समीकरण गर्ने सहमति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडललाई भेट्न शीतल निवास निस्केका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टी पदाधिकारी बैठक सकेर प्रधानमन्त्री बालुवाटारबाट शीतल निवास हिँडेका हुन् ।
प्रधानमन्त्रीले पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउने बताइएको छ । पदाधिकारी बैठकमा माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले नयाँ समीकरण बनेपनि तत्काल राजीनामा नगर्ने र संसद फेस गर्ने ब्रिफिङ गरिसकेका छन् । यस्तो अवस्थामा नयाँ सरकार गठन प्रक्रिया के हुने भन्ने अन्योल छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?
उपराष्ट्रपति यादवद्वारा महावीर जन्मजयन्तीको शुभकामना
१२५ प्रतिशतबढी भन्सार लगाएपछि चीनसँग कुराकानी गर्ने ट्रम्पको उद्घोष
बंगलामुखिको बार आज कुन राशिलाई कति लाभदायी ?
मुक्तिनाथ गुठीको १७ हजार रोपनी जग्गा भोगचलन गर्नेको पोल्टामा
चारदेशीय टी-२० आई सिरिजः नेपाल कुवेतसँग खेल्दै