समाचार
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
मङ्गलबार, १८ असार २०८१, १४ : ५९
![कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक](https://npcdn.ratopati.com/media/news/sher-bahadur-deuba-(2)_6vyzR7EqHT.jpg)
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक २०८१ असार १९ गते बुधबार बिहान ९ बजे बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका हुन् ।
बैठक पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने भएको छ । बैठकमा नेकपा एमालेसँग गरिएको सहमतिको विषयमा छलफल हुने बताइएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षमानसँगको फोन संवादबारे शङ्कर पोखरेलको प्रस्टीकरण– अनौपचारिक कुराकानी गर्न पनि सचेत हुनुपर्ने देखियो
-
प्रचार, प्रतिवेदन र पत्राचारमै अलमलिए स्वास्थ्य मन्त्रीका निर्णय
-
नौ हजार बढी बाख्रालाई पीपीआर विरुद्धको खोप
-
धनगढीमा विद्यालयबाट फर्किँदै गरेकी किशोरी बलात्कृत
-
चीनमा पहिरो जाँदा २९ जना बेपत्ता
-
समाजमा मौलाउँदो डिभोर्स