बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

नयाँ सरकार बन्ने प्रक्रिया सुरु हुनेबित्तिकै रास्वपा बाहिरिने

मङ्गलबार, १८ असार २०८१, १५ : ११
मङ्गलबार, १८ असार २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ गठबन्धनको सरकार बन्ने प्रक्रिया सुरु हुने बित्तिकै सरकारबाट बाहिरिने निर्णय गरेको छ । 

आजको बसेको रास्वपाको बैठकले वर्तमान गठबन्धनमा सहभागिता नजनाउने प्रमुख सचेतक सन्तोष परियारले बताए । 

पार्टीको आकस्मिक बैठकपछि सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै उनले अहिलेको राजनीतिक घटनाक्रमले देशलाई स्थायित्व नदिने बताए । 

उनले भने, ‘अब बन्ने गठबन्धनमा हामी रहँदैनौँ । हामी सरकारमा जाँदैनौँ, त्यो एकदम स्पष्ट नै छ । बाँकी के गर्ने भन्ने कुरा अहिलेको राजनीतिक प्रक्रिया अघि नबढिनसकेको हुँदा सरकार परिवर्तन हुने प्रक्रियापछि हामी स्वभाविक रूपमा बाहिर निस्कन्छौँ ।’ 

परियारले थपे, ‘राष्ट्रिय स्वतन्त्र पार्टी के कुरामा स्पष्ट छ भने अर्को सरकार बन्ने प्रक्रिया सुरु हुने बित्तिकै हामी हाम्रा मन्त्रीहरूलाई फिर्ता बोलाउँछौँ । हामी बहिर्गमित हुन्छौँ ।’

उनले परम्परागत पार्टी रातारात सरकार बदल्ने कुरामा अभ्यस्त रहेको तर जनताको सङ्घर्षबाट नयाँ व्यवस्था आएपछि चेत खुल्नुको सट्टा २०४७ सालदेखि जुन कुरामा अभ्यस्त रहेका थिए त्यो कुराबाट पर नगएको र त्यसमा रास्वपाको विमति रहेको बताए । 

गृह प्रशासनबाट देशको कुसंस्कार विरुद्ध जसरी काम गरेपछि बाध्यात्मक अवस्थामा गठबन्धन फेरिएको बताए । भोली पार्टीको केन्द्रीय कमिटी बैठक बस्ने, सरकारमा बस्दाका कुरा, कामहरू बारे समीक्षा गर्ने उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप