बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

कांग्रेस-एमालेबिचको सहमतिले सेयर बजारमा उत्साह

बजार खुलेलगत्तै ८२ अंकमाथि सूचक बढेर मार्केट हल्ट
मङ्गलबार, १८ असार २०८१, ११ : ३२
मङ्गलबार, १८ असार २०८१

काठमाडौं । सरकार परिवर्तनबारे कांग्रेस र एमालेबिच सहमति भएसँगै खुलेको मंगलबारको सेयर बजारमा उत्साह देखिएको छ । 

कारोबार खुलेको केही मिनेटमा नै नेप्से सूचक ४ प्रतिशत अर्थात् ८२.४८ अंकले बढ्दै २१ सय ३५.८७ को विन्दुमा उक्लिएको छ । 

नेप्सेको तीब्र उत्साहकाबिच प्रिओपनिङ लगत्तै ४ प्रतिशत माथिले सूचक बढेपछि मार्केट हल्ट (केही समयका लागि बन्द) हुन पुगेको छ । 

एमाले र कांग्रेसको सरकार बन्ने स्थिति बनेसँगै लगानीकर्ताहरु उत्साहित भएको बताइएको छ। 

सोमबार राती एमाले र काँग्रेस बिच सत्ता साझेदारीको सहमति भएसँगै अर्थसहित ९ वटा मन्त्रालय एमालेले र गृहसहित १० वटा मन्त्रालय काँग्रेसले नेतृत्व लिने सहमति भएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप