बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

फिल्म ‘सतीदेवी’को प्रदर्शन मिति परिवर्तन

मङ्गलबार, १८ असार २०८१, ११ : ११
मङ्गलबार, १८ असार २०८१

काठमाडौँ । फिल्म ‘सतीदेवी’को प्रदर्शन मिति परिवर्तन भएको छ । दिलासा सक्रिय प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको प्रदर्शन मिति साउन ४ बाट सरेर भदौ सातमा पुगेको हो । निर्माण युनिटले एक विज्ञप्ति जारी गर्दै फिल्मको प्रदर्शन मितिको जानकारी दिएको हो ।

‘हामीले यो फिल्म साउन ४ गतेदेखि देशव्यापी प्रदर्शनमा ल्याउने तयारी गरिरहेको सर्वविदितै छ । केही प्राविधिक कारणले गर्दा हामीले उक्त मितिमा नभई पहिला झैँ कुनै फिल्म, निर्मातालाई असर नपर्ने गरी ‘सतीदेवी’ नयाँ मिति ७ भदौमा प्रदर्शन गर्ने निर्णय गरेका छौँ’, दिलासा क्रियसनले भनेको छ ‘यो मितिमा कुनै पनि स्वदेशी तथा विदेशी फिल्म समेत नल्याउनु हुन सम्पूर्ण वितरक, निर्माता तथा सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौँ ।’ 

निर्माण युनिटले फिल्मको नयाँ प्रदर्शन मितिसँगै नयाँ पोस्टर (थर्ड लुक्स) समेत सार्वजनिक गरेको छ ।

लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’ छोरीको कथामा बनेको हो । फिल्ममा अभिनेत्री मलिका महतको मुख्य भूमिका छ । मलिकाको अलवा फिल्ममा हर्षिका वली, मञ्जिला बानियाँ (बाल कलाकार), सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलबहादुर अधिकारी, भोलाराज सापकोटा लगायत कलाकारको अभिनय छ ।

फिल्ममा श्रीदेवी सुवेदी र विशाल सुवेदी निर्माता रहेका छन् । फिल्मको लेखन समेत निर्देशक सुवेदीले नै गरेका हुन् । फिल्मलाई रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप