बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

बाबुरामको व्यङ्ग्य : सबैलाई सधैँभरि ठग्न सकिँदैन

मङ्गलबार, १८ असार २०८१, १४ : ०५
मङ्गलबार, १८ असार २०८१

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष बाबुराम भट्टराईले सबैलाई सधैँभरि ठग्न नसकिने बताएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेबिच नयाँ सत्ता समीकरण बनेसँगै उनले यो टिप्पणी गरेका हुन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति इङ्गित गर्दै लेखेका छन्, ‘चर्चित भनाइ छ - ‘केहीलाई सधैँभरि ठग्न सकिन्छ; सबैलाई केही बेर ठग्न सकिन्छ; तर सबैलाई सधैँभरि ठग्न सकिन्न। सन्दर्भ बुझौँ !’

दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सोमबार मध्यरातमा नयाँ सरकार गठनका लागि सहमति भएको छ । सहमति अनुसार एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठनको तयारी सुरु गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप