बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

कांग्रेससँगको सहमतिबारे ओलीले सचिवालयमा ब्रिफिङ गर्ने

मङ्गलबार, १८ असार २०८१, ११ : ०१
मङ्गलबार, १८ असार २०८१

काठमाडौँ । नेपाली कांग्रेससँगको सत्ता समीकरणका लागि भएको सहमतिबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमा ब्रिफिङ गर्ने भएका छन् । 

त्यसका लागि अध्यक्ष ओलीले दिउँसो ३ बजे सचिवालय बैठक बोलाएको सचिव रघुवीर महासेठले जानकारी दिए । महासेठले भने, ‘दिउँसो ३ बजे सचिवालय बैठक छ । त्यो बैठकमा अध्यक्षज्यूले के ब्रिफिङ गर्नुहुन्छ सोही अनुसार अघि बढ्छौ’, महासेठको भनाइ छ । 

उनले सचिवालय बैठकअघि मन्त्रीहरूले राजीनामा नदिने समेत बताए । सचिवालय बैठक बस्ने स्थान भने तय नभइसकेको नेताहरूले बताएका छन् । 

‘अहिले नै राजीनामा दिने कुरा छैन । सचिवालय बैठकपछि के गर्ने भन्ने निर्णय हुन्छ’, महासेठले रातोपाटीसँग भने, ‘अध्यक्ष तथा संसदीय दलको नेताबाट जे निर्देशन हुन्छ त्यही गर्छौ ।’

नेकपा एमालेमा कांग्रेससँग भएको सहमतिबारे पार्टी अध्यक्ष र महासचिव शंकर पोखरेलबाहेकका नेताहरूलाई अहिलेसम्म औपचारिक जानकारी नदिएको बुझिएको छ । 

ओली र पोखरेल बाहेकका नेताहरू छापामार शैलीमा कांग्रेससँग भएको सहमतिबारे अनविज्ञ रहेका छन् । उनीहरू के गर्ने र कसो गर्ने भन्ने अझै पनि अन्योलमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप