बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

मार्तडी–कोल्टी सडक अवरुद्ध

मङ्गलबार, १८ असार २०८१, १० : ५३
मङ्गलबार, १८ असार २०८१

बाजुरा । अविरल वर्षाले पहिरो जाँदा जिल्लाको पूर्वी–उत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक अवरुद्ध भएको छ ।

 मार्तडी–कोल्टी सडक अन्तर्गत बडीमालिका नगरपालिका–७ जिल्लीमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी रवीन्द्रसिंह कार्कीले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा मार्तडी–कोल्टी सडकमा चल्ने जिप तथा मालवाहक सवारी साधान ठप्प भएका छन् भने  मानिस आवतजावतमा समेत समस्या भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप