राजनीति
परिवर्तित राजनीतिक परिस्थितिबारे धारणा तय गर्न राप्रपाले बोलायो पदाधिकारी बैठक
मङ्गलबार, १८ असार २०८१, १० : २०

काठमाडौँ । राप्रपाले पदाधिकारी बैठक बोलाएको छ । परिवर्तित राजनीतिक परिस्थितिका सन्दर्भमा समीक्षा गर्न र पार्टीको धारणा तय गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बैठक मंगलबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको छ ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यबारे सहमति जुटेसँगै प्रचण्ड नेतृत्वको सरकार ढल्ने परिस्थिति निर्माण भएको छ ।
गएराति दुई दलबीच नयाँ सरकार बनाउने, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधार गर्नेलगायतका विषयमा सहमति जुटेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइन सहित सिरहाबाट ३ जना पक्राउ
-
नेपाल र भारतका सर्वोच्च अदालतबिच न्यायिक सहकार्यको सम्झौता
-
तीनकुने घटना : दुर्गा प्रसाईंका दाई राकेश प्रहरीको नियन्त्रणमा
-
शिक्षकहरूको आन्दोलनमा गाउँपालिका महासंघ र नगरपालिका संघले जनायो ऐक्यबद्धता
-
पाटन क्याम्पसमा तत्काल स्ववियु निर्वाचन गर्न अदालतकाे आदेश
-
उपाध्यक्षलाई नदिएर वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी