राष्ट्रिय हितका लागि कांग्रेस र एमालेबिच सहमति भएको हो : प्रवक्ता डा. महत

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमालेबिच सहमति भएको दाबी गरेका छन् । मंगलबार सभापति निवास बूढानीलकण्ठमा भएको पदाधिकारी बैठकबारे जानकारी दिँदै उनले देशमा अस्थिरताको शृङ्खला लामो समय गुज्रिएकाले व्यवस्थाको रक्षाका लागि सहमति भएको उनले दाबी गरेका हुन् ।
उनले पहिलो चरणमा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठबन्धन गर्ने र दोस्रो चरणमा देउवाको नेतृत्वमा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको महतले बताए ।
‘राजनीतिक स्थायित्वको लागि मुख्य राजनीतिक दल कांग्रेस र एमालेबिच सहमति भएको हो । यसलाई सहमतिको सरकार बनाउन ओलीको नेतृत्वमा सहमतिको सरकार बनाउने सहमति भएको छ । यसैलाई राष्ट्रिय सहमतिको सरकार बनाउन अन्य दललाई समेट्ने प्रयास गर्नेछौँ । यसले आर्थिक समस्या समाधानसहित बृहत्तर राष्ट्रिय हितका पक्षमा सहमति भएको छ ’, महतले भने ।
यस्तै उनले सोमबार राति राष्ट्रपति निवासमा देउवा र ओली गएको समाचारमा कुनै सत्यता नभएको जिकिर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीको राजीनामाको निहुँमा ओलीमाथि आक्रमण गर्नु नियोजित’
-
प्लास्टिकलाई कसरी पुनः प्रयोगमा ल्याउने ?
-
वैदेशिक रोजगारीबाट फर्केका श्रमिकको स्वास्थ्य परीक्षणका लागि शहीद धर्मभक्तमा बेग्लै वार्ड
-
सरकारले ट्रेजरी बिलमार्फत २५ अर्ब २५ करोडको आन्तरिक ऋण उठाउँदै
-
सपना : आन्दोलनरत शिक्षक र प्रधानमन्त्रीको वार्ता
-
सातै प्रदेशमा मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै