बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

केन्यामा कर विरोधी आन्दोलन हिंसात्मक बन्दै, ३९ जनाको मृत्यु

मङ्गलबार, १८ असार २०८१, १० : ०८
मङ्गलबार, १८ असार २०८१

नैरोबी । केन्यामा नयाँ कर वृद्धिको विरोधमा हिंसात्मक प्रदर्शन भइरहेको छ । यस हिंसामा अहिलेसम्म कम्तीमा ३९ जनाको मृत्यु भइसकेको छ । प्रदर्शनकारीहरूले नयाँ चरणको विरोध प्रदर्शनको लागि तयारी गरिरहेको भन्दै समाचारहरू आइरहेका  छन् ।

केन्या राष्ट्रिय मानव अधिकार आयोगको रेकर्ड अनुसार राष्ट्रव्यापी कर कानुनको विरोध प्रदर्शनका क्रममा ३९ जनाको मृत्यु भएको छ र अन्य ३६१ जना घाइते भएका छन् । 

यसबाहेक ३२ वटा जबरजस्ती बेपत्ताका मुद्दा पनि दर्ता भएका छन् । यस क्रममा ६२७ जना प्रदर्शनकारी पक्राउ परेका छन् ।

  • किन भइरहेछ हङ्गामा ?

केन्यामा सरकारले नयाँ कर लगाएपछि जनता निकै आक्रोशित भएका छन् । केन्या फाइनान्स बिल २०२४ यही मेमा पेस गरिएको थियो । जसमा पाउरोटी, क्यान्सरको उपचार, खाना पकाउने तेल, बालबालिकाको डायपरदेखि सेनेटरी प्याड, मोटर वाहन, सौर्य उपकरण र डिजिटल सेवा जस्ता उत्पादनहरूमा भारी कर लगाउने प्रस्ताव गरिएको छ । रोटीमा १६ प्रतिशत बिक्री कर, खाना पकाउने तेलमा २५ प्रतिशत कर, सवारी साधनमा २ दशमलव ५ प्रतिशत भ्याट र ३ प्रतिशत आयात शुल्क लगाउने प्रस्ताव गरिएको छ ।

  • आक्रोशित भीडद्वारा संसद्‍मा आगजनी

केन्याको संसद्‍मा उपस्थित सबै सांसदले यो विधेयकको समर्थन गरेका छन् । सरकारी काम पूरा गर्न यो आवश्यक रहेको उनीहरूको भनाइ छ । राजस्व वृद्धिबाट हुने आम्दानीबाट सरकारले देशैभर सडक निर्माण गर्न र विद्यालयमा शिक्षक भर्ना गर्न सक्नेछ । किसानले मलमा अनुदान पाउनेछन् । यसले देशको ऋण घट्ने बताइएको छ ।

संसद्‍मा यो विधेयकबारे मतदान भयो, जसमा १९५ मध्ये १०६ सांसदले यसको पक्षमा मतदान गरेका थिए । विधेयक पारित भएपछि पूरै क्षेत्रमा प्रदर्शन सुरु भएको थियो । सांसदहरू सदनभित्र यस विधेयकमाथि छलफल गरिरहेको समयमा आक्रोशित भीडले संसद्‍मा आगजनी गरेको थियो । त्यसपछि सांसदहरूलाई संसद् भवनबाट सकुशल बाहिर निकालिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप