बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

शंकर पोखरेल भन्छन्, ‘ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार’

मङ्गलबार, १८ असार २०८१, १३ : ००
मङ्गलबार, १८ असार २०८१

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने गरी नेपाली कांग्रेस र नेकपा एमालेबिच नयाँ सहमति भएको बताएका छन् । महासचिव पोखरेलले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत कांग्रेस एमाले सहमति र त्यसको अन्तर्यबारे खुलाएका हुन् । 

उनले संविधानको आवश्यक संशोधन र सोही अनुरूपका कानुन निर्माण गर्ने गरी केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन गरी सहमति भएको बताएका हुन् । पोखरेलले यस प्रक्रियामा सहमत दलहरूलाई राष्ट्रिय सरकारमा समावेश गरिनेसमेत बताएका छन् ।

‘राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरूपका कानुन समेत निर्माण गर्ने गरी केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा(एमाले) र नेपाली कांग्रेसका बिचमा समझदारी । यस प्रक्रियामा सहमत दलहरूलाई राष्ट्रिय सरकारमा समावेश गरिने’, पोखरेलले लेखेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप