गृहमन्त्री लामिछाने विरुद्धको मुद्दामा अन्तिम बहस हुँदै, आजै फैसला हुनसक्ने

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमा आज अन्तिम बहस हुँदैछ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको इजलासमा पेशी रहेको मुद्दामा असार ७ गते बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको थियो।
अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिटमा रिट निवेदक र सरकारी वकिलको मात्र बहस सकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो। मंगलबार लामिछानेका तर्फबाट बहस हुनेछ। । त्यसपछि नपुगेको जवाफी बहस सकेर फैसला सुनाउने छ।
सर्वोच्चले आजै बहस सकेर फैसला सुनाउने सम्भावना रहेको देखिन्छ। सर्वोच्चले सहकारीका विषयमा लामिछानेका बारेमा गर्ने व्याख्याले उनेका आगामी दिनबारे निर्णय दिने छ।
गत शुक्रबार रिट निवेदकका तर्फबाट अधिवक्ता अनुपम भट्टराई, रमण कर्ण वरिष्ठ अधिवक्ताहरू सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी लगायतले बहस गरेका थिए । उनीहरूको बहसपछि सरकारका तर्फबाट नायब महान्यायाधिवक्ता टेकप्रसाद घिमिरे, सहन्यायाधिवक्ता सूर्य दाहाल लगायतले बहस गरेका थिए
बहसमा लामिछानेलाई निलम्बनको माग रिट निवेदकले उठाएका थिए भने सरकारी वकिलले महान्यायाधिवक्ता कार्यालयबाट जारी भएको पत्रले क्लिन चिट दिएको नभई सूचना मात्र दिएको दाबी गरिएको थियो । सरकारका तर्फबाट उक्त रिटको औचित्य नभएकाले खारेज हुनुपर्ने माग गरिएको थियो । आज लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, रमेश बडाललगायतले बहस गर्ने छन्। उनीहरूको बहसपछि रिट निवेदक अधिवक्ता भट्टराई र रमण कर्णले जवाफी बहस गर्ने तयारी गरेका छन्।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पोखरा विमानस्थलमा भ्रष्टाचार : २ अर्ब २२ करोड बढी तत्काल असुलउपर गर्न सिफरिस
-
शिक्षक आन्दोलन : सर्वोच्चको आदेश कार्यान्वयन गरी समस्या समाधानका लागि पहल गर्न बारको अपिल
-
काठमाडौँक बढ्दो शहरीकरण कसरी व्यवस्थापन गर्ने ? - राज महर्जन, शहरी योजनाकार
-
जनताले भ्रष्टाचार रोक, भ्रष्टाचार हुन नदेऊ भनेका छन् : डा.शेखर कोइराला
-
तीनकुने घटनामा संलग्न थप १२ जना हिरासतमुक्त
-
बनेन शिक्षक फर्किने वातावरण, शिक्षा मन्त्रालयले सर्वोच्चलाई पठायो जवाफ