बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

मुक्तिनाथ क्यापिटल र यात्री सुइटस एन्ड स्पाबिच सम्झौता

मङ्गलबार, १८ असार २०८१, ०६ : ५९
मङ्गलबार, १८ असार २०८१

काठमाडौँ । यात्री सुइट्स एन्ड स्पा प्रा.लि. ले वित्तीय परामर्श र व्यवस्थापन सेवाको लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई संस्थागत परामर्शदाता नियुक्त गर्न सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा यात्री सुइट्सको तर्फबाट कम्पनीका अध्यक्ष च्यूङ गुरुङ तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट कार्यकारी प्रमुख अधिकृत कवीन्द्र ध्वज जोशीले हस्ताक्षर गरेको छ । 

ठमेल अवस्थित यस होटलको पुँजी संरचना परिवर्तन, लिमिटेड कम्पनीमा रूपान्तरण, आवश्यक श्रोतको व्यवस्थापन, व्यावसायिक योजना, होटलको बजारीकरण लगायत सर्वसाधारणलाई शेयर निष्कासन गर्ने कार्यको लागि मुक्तिनाथ क्यापिटल लिमिटेडले परामर्शदाताको रूपमा सेवा प्रदान गर्नेछ । 

नेपालको राजधानी काठमाडौँको मुख्य पर्यटकीय स्थल ठमेलमा स्थापित एवं सञ्चालित यस होटल निकट भविष्यमा नै ४ तारे होटलमा रूपान्तरण हुने समेत कम्पनीले जनाएको छ । 

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप