‘कमेडी च्याम्पियनले कार दियो, अब चलाउन सिक्नुपर्ला’
विगत आठ वर्षदेखि रंगमञ्च क्षेत्रमा सक्रिय सुनिल खड्का शनिबार (१५ असार) ‘कमेडी च्याम्पियन–३’को विजेता घोषित भए । उनले ऋषभ काफ्ले र सुयशा खनाललाई पछि पार्दै उपाधि चुमेका हुन् । उपाधिसँगै उनले २५ लाख रुपैयाँ नगद र कार (नेटा भी) समेत प्राप्त गरेका छन् ।
काठमाडौँ दक्षिणकाली नगरपालिका– ९ का खड्का सानैदेखि कमेडीमा रुचि राख्थे । खड्कासँग हामीले उनको ‘कमेडी च्याम्पियन–३’को यात्रा र आगामी योजनालाई लिएर संवाद गरेका छौँ । प्रस्तुत छ, उनीसँग गरिएको संवादको सम्पादित अंश :
- ‘कमेडी च्याम्पियन सिजन ३’को विजेता बन्नुभएको छ । यो उपलब्धिलाई कसरी लिनुहुन्छ ?
मेरा लागि यो ठुलो उपलब्धि हो । यसले भविष्य निर्माणका लागि अनेक अवसर प्रदान गर्ने आशा लिएको छु । च्याम्पियनमा भिड्दै गर्दा उपाधि नै जित्छु भन्ने सोचेको थिइनँ । केही सिक्न र आफूलाई निखार्न पाइएला भन्ने नै अपेक्षा थियो । प्रस्तुति दिँदै जाँदा सबैको मन जित्दै अगाडि बढ्न सफल भएँ । भोट पनि राम्रै पाएँ । यस उपाधिलाई मैले कमेडीमा आफ्नो करिअरको सुरुवातका रूपमा लिएको छु । अब मेरो यात्रा सुरु भयो ।
- यहाँले उपाधि जित्नुको राज के हो ?
पहिलो कुरो आफ्नो प्रस्तुति र लेखन हो । प्रतियोगितामा हरेक प्रस्तुति दिँदा मैले धेरै मिहिनेत गरेको थिएँ । मेरो कन्टेन्ट सिधै पब्लिकको मन छुने खालका थिए । मलाई प्रतियोगितामा मार्गनिर्देशन गर्नेले पनि सही बाटो देखाए । पब्लिकको भोट पनि राम्रो आयो ।
- अबको चुनौती के देख्नुभएको छ ?
अहिलेको मुख्य चुनौती भनेको पाएको उपाधिको मान राख्नु हो । यो उपाधिका लागि मलाई पब्लिकले धेरै माया दिनुभएको छ, विश्वास गर्नुभएको छ । त्यो विश्वास आगामी दिनमा कायम राख्न राम्रो राम्रो कन्टेन्टमार्फत धेरैलाई हँसाउनुपर्नेछ । कमेडीमार्फत धेरैभन्दा धेरैको मन जित्नुपर्नेछ ।
म थियटर कलाकार पनि हुँ । २०७३ सालमा अनुप बरालसँग अभिनय प्रशिक्षण लिएको थिएँ ।
- यहाँले ‘झाँक्री’को भूमिकामा पनि प्रस्तुति दिनुभएको थियो, तपाईंंको सबैभन्दा चर्चित प्रस्तुति यही हो कि ?
प्रतियोगिताका क्रममा मैले विभिन्न कन्टेन्ट प्रस्तुत गरेँ, तर धेरै चर्चा भने ‘झाँक्री’ र ‘ट्राफिक’ले पाए । यी दुईमध्ये पनि ‘झाँक्री’ धेरै चर्चित भयो । यो प्रस्तुतिपछि मलाई देशका कुनाकुना र विदेशबाट समेत रेस्पोन्स आएका छन् । अचेल त बाटोमा हिँड्दा पनि धेरैले झाँक्री भनेर जिस्क्याउँछन् ।
टपटेनमा भित्रिएपछि प्रतियोगितामा हामीलाई विभिन्न विषयमा कन्टेन्ट बनाउन दिइन्थ्यो । त्यस क्रममा मलाई ‘झाँक्री’ टपिक प¥यो । झाँक्री भएको घरमा बस्ने र झाँक्रीका बारेमा धेरै जानकारी भएका कारणले यो कन्टेन्टमा काम गर्न मलाई सहज पनि भयो ।
- अबको सपना के छ ?
म थियटर कलाकार पनि हुँ । २०७३ सालमा अनुप बरालसँग अभिनय प्रशिक्षण लिएको थिएँ । उहाँको एक्टर स्टुडियोको २२औँ ब्याचको स्टुडेन्ट हुँ । त्यसपछि थुप्रै नाटक, सडक नाटकमा अभिनय गरेँ । थियटरमा रमाउँदा रमाउँदै कमेडी च्याम्पियनमा गएँ, उपाधि पनि जितियो । त्यसैले ठुलो सपना केही देखेको छैन । धेरैभन्दा धेरैलाई हँसाउन, कार्यक्रमको सिलसिलामा फरक–फरक ठाउँमा पुगेर सबैको मुहारमा खुसी र मुस्कान छर्न सकूँ, यही हो अहिलेको सपना ।
- कमेडीमा आउन किन मन भयो ?
सानैदेखि टीभीमा कमेडी सिरियल हेर्ने, नक्कल गर्ने गर्थें । स्कुल–कलेजमा पनि कमेडी गरेर सबैलाई हँसाउँथे, धेरैले मलाई हौसला दिनुहुन्थ्यो । कमेडीबाट पनि राम्रो करिअर बनाउन सकिन्छ भन्ने लाग्यो ।
विजेता बनेको दुई दिन मात्र भएको छ, त्यसैले उपहारमा प्राप्त रकम के गर्ने भनेर योजना बनाउन भ्याइसकेको छैन ।
- कार प्राप्त गर्नुभएको छ, चलाउन त आउँछ ?
अहिलेसम्म गाडी चलाउन आउँदैन । कार उपहार प्राप्त भयो । पहिले कमेडीमा मात्र ध्यान दिएँ । अब सिक्नुपर्ला ।
- उपहारमा जितेको नगद केमा खर्च गर्नुहुन्छ ?
विजेता बनेको दुई दिन मात्र भएको छ, त्यसैले उपहारमा प्राप्त रकम के गर्ने भनेर योजना बनाउन भ्याइसकेको छैन । कमेडीमै करिअर बनाउने गरी खर्च गर्छु । मलाई यो सफलता दर्शकले दिलाउनुभएको हो । अझ धेरै दर्शकमाझ पुग्न, उहाँहरूलाई हँसाउन आवश्यक विषयवस्तुमा खर्च गर्छु ।
- मानिसका लागि कमेडी किन आवश्यक छ ?
मेरो बुझाइमा कमेडी जीवनशैली हो । कमेडी हो भन्ने नजान्नेले पनि सुनेर हाँस्छन् । यो दुःख भुल्ने औषधी पनि हो । मानिसको पीडालाई कमेडीले ठुलो मद्दत गर्छ । त्यसैले यो साइकोलजिकल थेरापी पनि हो ।
- अहिले कमेडीमा द्विअर्थी शब्दका प्रयोग धेरै देख्न सकिन्छ, त्यो ठिक हो ?
मलाई आरोप पनि त्यही छ । भारत, अमेरिकातिर त कमेडियनले मुखै छाड्छन् । हामी त्यो हदमा पुगेका छैनौँ । किनभने हामी त्यो संस्कार–अभ्यासमा हुर्किएका होइनौँ ।
आफूलाई निखारेर, तिखारेर र कमेडी बुझेर आउनुस् । सिनियरहरूको लाइभ सोमा जाने, बोल्न वा प्रस्तुति दिने अवसरहरूलाई नछाड्ने गर्नुपर्छ ।
हामीले कमेडी गर्दा आफ्नो संस्कार र संस्कृतिलाई ध्यान दिनुपर्छ । जनताले पचाउन सक्ने कमेडी आवश्यक छ तर अहिले त्यही द्विअर्थी मन पराउने पनि छन् । त्यो कमेडीको आकर्षण पनि हो । जसरी दालभात र तरकारीमा चटनीको महत्त्व हुन्छ, कमेडीमा द्विअर्थी शब्दको मज्जा त्यही हो ।
- रियालिटी सोका विजेता धेरै बेरोजगार छन् नि ?
त्यो होइन । यो विषयमा मेरो धारणा अलि बेग्लै छ । कार्यक्रमका सिलसिलामै हामीलाई दर्शकले टीभी वा युट्युबमा हेर्छन् । विजेता भएपछि पनि हामी कहिले टुरमा, कहिले विदेशका कार्यक्रम त कहिले कता हिँड्नुपर्छ । हप्तैपिच्छे हेर्ने बानी लागेका दर्शकले त्यसरी नदेख्दा हरायो भन्ने हुन् । विजेताहरू प्रायः बिजी नै हुन्छन् । अर्को कुरा, हराएको महसुस हुन नदिनु आफ्नो हातको कुरो पनि हो । त्यसका लागि सामाजिक सञ्जाललगायत धेरैबाट अडियन्ससँग टचमा बस्नुपर्छ ।
- कमेडीमा आउन चाहनेलाई के भन्नुहुन्छ ?
यो एकदमै राम्रो विधा हो । आफूलाई निखारेर, तिखारेर र कमेडी बुझेर आउनुस् । सिनियरहरूको लाइभ सोमा जाने, बोल्न वा प्रस्तुति दिने अवसरहरूलाई नछाड्ने गर्नुपर्छ । यस्तै, विभिन्न माध्यमबाट विषयवस्तु लिन र पस्कन सिक्नुपर्छ । कमेडीमा सबैभन्दा बलियो चिज लेखन र प्रस्तुति हो, यसमा ध्यान दिनुपर्छ । कमेडी च्याम्पियनको अर्काे सिजन पनि आउँछ । त्यसमा सहभागी हुनुस् भन्छु । त्यत्तिकै हँसाउन सक्छु भनेर घमण्ड गरेर बसेर हुँदैन, कमेडी च्याम्पियन भविष्य बनाउने राम्रो प्लेटफर्म हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जिम्मेवारी खोसिएपछि उषाकिरणले भनिन्– पञ्चायतविरुद्ध लडेर आएको नेतृत्वले पञ्चायतकै नक्कल नगरेको भए हुन्थ्यो
-
अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
-
लोकसेवा छल्दै गण्डकी प्रदेश सरकार, करारमा कर्मचारी राख्न अध्यादेशको बाटो
-
भक्तपुरमा सोकोनको पहिलो शोरुम
-
भरतपुर भ्रमण वर्ष २०२४ : राष्ट्रिय रैथाने खाना महोत्सव पुस १२ गतेदेखि
-
मेयर कप टेबलटेनिस सुरु