पेनाल्टी सुटआउटपछि पोर्चुगल क्वार्टरफाइनलमा

काठमाडौँ । स्लोभेनियालाई पेनाल्टी सुटआउटमा हराउँदै पूर्वविजेता पोर्चुगल युरो २०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा पोर्चुगल ३–० गोलले विजयी बन्यो ।
यसअघि निर्धारित समयको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको पहिलो हाफमा पोर्चुगलले पेनाल्टीमार्फत खेल आफ्नो पक्षमा पार्ने अवसर पाएको थियो ।
तर, क्रिस्टियानो रोनाल्डो गोल गर्नबाट चुके । एट्लेटिको मड्रिडका गोलकिपर जान ओब्लाकले रोनाल्डोको प्रहार बचाऊ गर्न सफल भए ।
अतिरिक्त समयमा पनि दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । सुटआउटमा भने रोनाल्डोले पहिलो प्रहार नै गोलमा परिणत गरे । त्यसपछि ब्रुनो फर्नान्डेस र बर्नार्डो सिल्भाले पनि पोर्चुगलका लागि गोल गरे ।
उता, पोर्चुगलका डिओगो कोस्टाले स्लोभेनियाका सबै प्रहार रोकेका थिए । पोर्चुगलले अब अन्तिम ८ मा फ्रान्सको सामना गर्नेछ । फ्रान्स बेल्जिमलाई हराउँदै क्वार्टरफाइनलमा पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओली कप फुटबल : रोमाञ्चक खेलमा एपीएफलाई हराउँदै संकटा क्लब सेमिफाइनलमा
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
-
महाशिवरात्रिका दिन बिहान २ बजे नै पशुपतिनाथ मन्दिरको ढोका खोल्ने निर्णय
-
डिजिटल अपराधसम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुँदै
-
सैनिक मञ्च टुँडिखेलमा सेनाले यसरी मनाउँदैछ सेना दिवस
-
घाइते हुँदै च्याम्पियन्स ट्रफीबाट बाहिरिए इङ्ल्यान्डका तीव्रगतिका प्रभावशाली बलर