बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय
युरो २०२४

बेल्जियमलाई पाखा लगाउँदै फ्रान्स क्वार्टरफाइनलमा

सोमबार, १७ असार २०८१, २३ : ४०
सोमबार, १७ असार २०८१

काठमाडौँ । पूर्वविजेता फ्रान्स युरो २०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा फ्रान्सले बेल्जियमलाई १–० गोलले हराएको हो ।

tag_reuters.com,2024_newsml_UP1EK711DHWOL_535418275_768x432

दुई महारथी टोलीबिच भएको भिडन्तमा आत्मघाती गोल निर्णायक बन्यो । खेलको ८५ औँ मिनेटमा बेल्जियमका जान भेर्टोङहेनले आफ्नै पोस्टमा गोल गरेपछि फ्रान्स विजयी बन्यो ।

सब्सटिट्युट रान्डाल कोलो मुनाइको प्रहार भेर्टोङहेनलाई लाग्दै गोलमा परिणत भएको थियो । यसअघि कप्तान किलियान एम्बाप्पेसहित फ्रान्सले थुप्रै अवसरहरू गुमाएको थियो । 

फ्रान्सको गोलअघि बेल्जियमका केभिन डी ब्रुयनाको प्रहार फ्रान्सका गोलकिपरले बचाऊ गरेका थिए । अब फ्रान्सले पोर्चुगल र स्लोभेनियाबिचको विजेतासँग अन्तिम ८ मा भिड्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप