मधेस प्रदेशमा सुरक्षा व्यवस्था चुस्त बनाउन मुख्यमन्त्री सिंहको निर्देशन

गोदार । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा सुरक्षा व्यवस्था चुस्त बनाउन सम्बद्ध अधिकारीहरुलाई निर्देशन दिएका छन् । प्रदेशको सुरक्षा व्यवस्थाबारे जानकारी लिने उद्देश्यका साथ आज जनकपुरधाममा आयोजित बैठकमा उनले प्रदेशमा चोरी, डकैतीजस्ता घटना न्यूनीकरण र तस्करी रोकथाममा गम्भीर भएर लाग्न आठै जिल्लाका प्रहरी प्रमुखलाई निर्देशन दिए ।
“प्रदेशमा विभिन्न हिंसा, आपराधिक क्रियाकलाप, आत्महत्यालगायतका घटना बढ्दै गएका छन् । यसले तपाईं हाम्रो भूमिकामा समेत प्रश्न उठ्छ । त्यसैले यस्ता क्रियाकलाप रोक्न र समाजमा अमनचयनको अवस्था बनाउन प्रहरीको भूमिका महत्वपूर्ण छ, यहाँहरुले थप प्रभावकारी रुपमा काम गर्नुपर्ने आवश्यकता छ । प्रदेश सरकार सम्पूर्ण रुपमा सहयोग गर्न तयार छ”, मुख्यमन्त्री सिंहले भने ।
सुन्दर र शान्त मधेस प्रदेश बनाउने सङ्कल्पसहित कार्ययोजना बनाएर अगाडि बढ्न उनले आग्रह गरे । प्रहरी अधिकारीहरुले मुख्यमन्त्री सिंहलाई आफ्नो आगामी योजनाबारे जानकारी गराएका थिए । प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक यज्ञ विनोद पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकमा आठवटै जिल्लाका प्रहरी प्रमुखको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुढानीलकण्ठमा भेला भएकाहरू महाधिवेशनमा एकै ठाउँ रहँदैनन्
-
कराँते महासंघको वार्षिक साधारणसभा बाराको निजगढमा
-
‘प्रधानमन्त्री र सभापति बन्ने इच्छा छ’
-
बंगलादेशका अनुभवी खेलाडी मुस्फिकर रहिमद्वारा एकदिवसीयबाट संन्यासको घोषणा
-
पाथीभरा केबलकार निर्माणमा बाधा पुर्याउने कुराले लगानीकर्ताहरूको मनोबल घटायो : अध्यक्ष ढकाल
-
च्याम्पियन्स ट्रफीमा सबैभन्दा धेरै शतक बनाउने चार ब्याटर