एमालेसँग छलफल टुंगाएर कांग्रेस नेता बूढानीलकण्ठमा

काठमाडौँ । नयाँ समीकरणबारे नेकपा एमालेका नेताहरूसँग छलफल टुङ्ग्याएर नेपाली कांग्रेसका नेताहरू सभापति शेरबहादुर देउवा निवास पुगेका छन् ।
कांग्रेस नेताद्वय रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्की बूढानीलकण्ठ पुगेका हुन् । लेखक र कार्कीले नेकपा एमालेका नेताहरूसँग सहमतिको मस्यौदाबारे छलफल गरेका थिए । कांग्रेस र एमालेका नेताहरुबिच सोमबार साँझ ललितपुरको भिभान्तामा छलफल भएको बताइएको छ ।
मस्यौदा लगभग तयार भएको कांग्रेस नेताहरूको भनाई छ । ‘एमालेसँगको सहमतिको मस्यौदा लगभग तयार भएको छ,’ कांग्रेस महामन्त्री गगन थापाले भने, ‘सभापति देउवासहित नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट जाने तयारी छ ।’
यता उपप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका सचिव रघुवीर महासेठ भने कांग्रेस एमालेबिच सत्ता सहकार्यबारे कुनै सहमतिको तयारी नभएको दाबी गरेका छन् । सोमबार साँझ महासेठसहित उपाध्यक्ष विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल लगायतका एमाले नेता अध्यक्ष ओली निवास बालकोट पुगेका थिए । बालकोटमा नेताहरूबिच गठबन्धन परिवर्तनबारे कुनै चर्चा नभएको महासेठले रातोपाटीलाई बताए ।
‘जति कुरा बजारमा आएको छ कांग्रेस एमाले सहमति हुँदैछ भनेर त्यो सय प्रतिशत गलत हो’, उनले भने, ‘देशी विदेशी प्रतिक्रियावादीले यो गठबन्धनलाई पहिलो दिनदेखि नै ढलाउन खोजेको हो । अहिले नेकपा एमाले प्रचण्डजीको नेतृत्वमा बनेको सरकारको विकल्पमा जाने मुडमा छैन र जाँदैन पनि ।’
उनले आफू सोमबार साँझ अध्यक्ष ओलीसँग नियमित भेटघाट गर्न गएको बताए । ‘अरू मन्त्री गएका थिएनन् । मेरो आज जाने नियमित कार्यक्रम हो । सातामा एक दिन म बालकोट गएर अध्यक्षलाई ब्रिफिङ गर्छु । र, बजार हल्ला जे छ त्यो सहि होइन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कार्गो रेल नचलाएसम्म रेल्वे कम्पनी नाफामा जान सक्दैन’
-
'जुन देश गरिब हुन्छ त्यस देशका नेताहरू सजिलै बिक्री हुन्छन्'
-
ढोरपाटन जोड्ने सडक स्तरोन्नितका लागि एक अर्ब बजेट
-
एक्मीका विद्यार्थीलाई अन्यत्र सारियो, कलेजलाई कारबाही गर्न हुँदैछ आनाकानी
-
‘सर्माइ भागेर’ मा ‘दर्पण छाया २’ जोडी पुष्प र सहारा
-
‘आउटलः दफा २१९’को एक्सनले उठाउला सुशीलको करियर ?