सुदूरपश्चिममा नाउपाले आफ्ना २ मन्त्रीलाई फिर्ता बोलायो

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारमा रहेका आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाएको छ । नाउपा सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीले दुवै मन्त्रीलाई सरकारबाट फिर्ता हुन पत्राचार गरेको बताएका हुन् ।
नाउपाबाट सुदूरपश्चिम सरकारमा कैलाश चौधरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मन्त्री छन् भने टीका थापाले कृषि तथा भूमि सुधार मन्त्री छिन् ।
दलका नेता घनश्याम चौधरीले उनीहरू दलको निर्णयविरुद्धमा सरकारमा गएकोले फिर्ता हुन पत्राचार गरेको बताए । सो पत्रको बोधार्थ मुख्यमन्त्री कार्यालय र प्रदेश प्रमुखको कार्यालयमा पनि पेस गरेको दलको नेता चौधरीले रातोपाटीलाई बताए ।
उता प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री कैलाश चौधरीले पत्रबारे अनविज्ञता व्यक्त गरे ।
उनले भने– ‘पत्रबारे मलाई थाहा छैन । अर्को कुरा कसले हामीलाई सरकारमा पठाएको छ र ? अहिले फिर्ता हुन पत्राचार गर्छन् ? पार्टीले फिर्ता हुन भनेपछि हामी तत्काल फिर्ता हुन्छौ ।’
मन्त्री चौधरी र थापा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका मानिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?