उर्लाबारीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
सोमबार, १७ असार २०८१, २१ : १५

विराटनगर । उर्लाबारीमा टिपरको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका– ६ गोपाल चोककी सीता बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।
उनका अनुसार सीताका छोरा प्रशान्त गम्भीर घाइते भएका छन् । ८ वर्षका प्रशान्तको मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा उपचार भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताए ।
प्रदेश ०३ –००१ क १०९० नम्बरको टिपरले प्रदेश १–०१०१४ प ६८३३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
टिपरको ठक्करबाट सीताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनापछि स्थानीयले इलाका प्रहरी कार्यालय उर्लाबारी अगाडि नाराबाजी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुल र पोरेल चम्किएपछि आईपीएलमा दिल्लीको शानदार जित
-
बाँकेमा भूमिहिनलाई लालपूर्जा वितरणको तयारी
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ