डडेलधुरामा हलिया पुनःस्थापनाको रकम बाटैमा गायव !
करन ताम्राकार, डडेलधुरा– डडेल्धुराका मुक्त हलियाहरुले आफ्ना नाममा सरकारले ल्याएको कार्यक्रम बीचैमा गायव हुने गरेको गुनासो गरेका छन् ।
पुनःस्थापना समितिका अनुसार डडेल्धुरा जिल्लामा २ हजार ५ सय ५१ मुक्त हलिया रहेका छन् । ति मध्ये सरकारले २०७० सालदेखि मुक्त हलिया पुनःस्थापना समितिमार्फत ३ सय ११ जना मुक्त हलियाको पुनःस्थापना गरेको छ । तर, कतिपय हलियाहरुले सरकारले तीन बर्ष सम्म संचालन गरेको कार्यक्रमअन्तर्गत हलियाको नाममा ऐजेण्ट बनेर रकम दुरुपयोग भईरहेको गुनासो गरेका छन् भने कतिपयले रकम लिएर पनि घर मर्मत तथा निर्माण नगरेको पाईएको छ ।
भागेश्वर गाउँपापलका वडा न १ का मुक्त हलिया तारा पार्कीले नयाँ घर नर्माण बापतको ८० हजार आफुले नपाएको गुनासो गरेका छन् । मुक्त हलियाहरुले पुनस्थापना तथा समस्या समाधान समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले भने मुक्त हलियाको पुनस्थापना प्याकेज अनुसार चल्दै गएको बताउदै कसैले मुक्त हलियाको नाममा रकम दुरुपयोग गरेको पाईएमा कानूनअनुसार कार्वाही गरिने तबाए । उता, पीडितहरुले भने सरकारी कर्मचारीले नै हलिायको नाममा रकम कुमल्याउदै गरेको बताएका छन् । जिल्ला मालपोत कार्यालय डडेल्धुराका लेखापालले हलिया नभएको बस्तीमा अनुगमनै नगरी दैनिक भत्ताका नाममा १ लाख २० हजार खाएको बताइएको छ ।
आर्थिक बर्ष २०७१/०७२ मा डडेलधुारमा ६३ मुक्त हलिया पुनस्थापना भएका छन् भने आर्थिक २०७२÷०७३ मा ८५ र यस आर्थिक बर्षमा १ सय ६३ का लागि कार्यक्रम भईरहेका छन् ।
अजयमेरु गाउँपालिका २ जिजोडाका टिका सुनार र धनुवा सार्की पुनःस्थापना रकमबाट १ लाख रुपैया लिए पनि उनले घर मर्मत नगरेको अनुगमनका क्रममा पाइएको जिल्ला हलिया मुक्ती समाज डडेल्धुराका अध्यक्ष तुलाराम सार्कीले बताए । त्यस्तै उनले भागेश्वर गाउँपालिका वडा न ३ लामीकाडेका मुक्त हलिया जगने सार्कीले गत आर्थिक बर्ष २०७२÷०७३ मा नयाँ घर निर्माण गर्न ३ लाख २५ हजार लिएपनि घर निर्माण नगरेको पाईएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजको मौसम : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल