कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा बदर हुनुपर्ने मागसहित अख्तियार पुग्यो सर्वोच्चमा
सोमबार, १७ असार २०८१, २१ : ०९

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवाविरुद्ध पुनरावेदन दर्ता गरेको छ । सर्वोच्चले फैसलाको पूर्णपाठ सार्वजनिक गरेपछि अख्तियार गुरुङको निलम्बन फुकुवा बदर हुनुपर्ने मागसहित सर्वोच्च पुगेको हो ।
यसअघिको निलम्बन फुकुवाको आदेश कार्यान्वयन नगर्न उपयुक्त आदेश अख्तियारले माग गरेको छ ।
मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कांग्रेसका सांसद गुरुङ २०७९ पुस १२ गते निलम्बनमा परेका थिए । निलम्बन गरेपछि गुरुङले फागुन २१ गते रिट दायर गरेका थिए । उनको रिटमा न्यायाधिशद्वय मनोज शर्मा र विनोद शर्माको इजलासले निलम्बन फुकुवा गर्ने फैसला सुनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकका जायज मागहरू पुरा गर्न त्रिवि स्ववियुको माग
-
राष्ट्र बैङ्कले ३ अर्ब ८४ करोड ३८ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै
-
‘ग्रीनल्यान्ड कुनै सम्पत्तिको टुक्रो होइन’
-
विद्यालय शिक्षा ऐनमा ‘स्कुल ब्याग पोलिसि’ को व्यवस्था गर्न नेविसंघको माग
-
अफ्रिकी आप्रवासीको जेलमा अमेरिकी हमला, ३० जनाको मृत्यु
-
अम्बानीको कम्पनीका लगानीकर्ताहरूलाई ३० मिनेटमै ६ खर्ब ९० अर्ब भारु फाइदा