बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

रोल्पामा जिप दुर्घटना, ११ जना गम्भीर घाइते

सोमबार, १७ असार २०८१, २१ : ०४
सोमबार, १७ असार २०८१

बुटवल ।  रोल्पाको घर्तिगाउँमा जिप दुर्घटना भएको छ । रोल्पाको घर्तिगाउँबाट तालाबाङतर्फ गइरहेको लु१ज ३२५२ नम्बरको यात्रुवाहक जिप बुढागाउँमा सोमबार दुर्घटना भएको हो । 

जिल्ला प्रहरीले कार्यालय रोल्पाका डीएसपी भरत लामाले दुर्घटनामा ११ जना यात्रु गम्भीर घाइते भएको जानकारी दिए । घाइते भएका यात्रुको उद्धार गरिएको उनले बताए ।

उनले उपचारका लागि घर्तीगाउँबाट एक जनालाई सदरमुकाम ल्याएको बताए । अरूको उद्धार गरी अस्पताल ल्याउँदै गरेको उनले बताए । उनले दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको जानकारी दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप