बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

कांग्रेसले मर्यादा विपरीत गतिविधि गर्‍यो : मुख्यमन्त्री कँडेल

सोमबार, १७ असार २०८१, १९ : ५१
सोमबार, १७ असार २०८१

सुर्खेत । कर्णालीमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सरकारबिच ९ बुँदे सहमति भएसँगै सदन चलेको छ । 

सहमति पश्चात् सञ्चालन भएको सदनमा बोल्दै मुख्यमन्त्री यामलाल कँडेलले सरकार केही सुधार हुने गरी अघि बढेको बताएका छन् । उनले कांग्रेसले मर्यादा विपरीत गतिविधि गरेको भन्दै सचेत समेत गराए । मुख्यमन्त्री कँडेलले बजेटको सन्दर्भमा सबै कुरा सही छन् भन्ने पक्षमा आफू नरहेको पनि बताए ।

‘बजेटमा सबै कुराहरू सही छन् भन्ने पक्षमा म छैन, म त सुधार गरेर जानुपर्छ भन्ने पक्षमा हो,’ उनले भने, ‘म विश्वास दिलाउन चाहन्छु कि मैले विगतमा ९प्रतिपक्षमा हुँदा० जे भनेको थिएँ त्यसबाट म विचलित छैन ।’

कँडेलले आफू प्रतिपक्षीमा हुँदा सुशासन र सरकारको विषयमा जे बोलिएको थियो उक्त कुरामै रहेर अघि बढ्ने प्रयत्न गरिरहेको तर सबै कुराहरू भनेजस्तो नहुने बताए । उनले अहिले प्रदेश सभामा भइरहेको अभ्यास हिजोको जस्तो नभएको प्रस्ट पारे ‌।  

कँडेलको उक्त भनाइ आइतबार अर्थमन्त्री महेन्द्र केसीलाई रोष्ट्रममा जाँदा कांग्रेस सांसदले तानातान गरेको र असार ६ गते सभामुखले बैठक प्रारम्भ नगर्दै हलबाट बाहिरिएको विषयप्रति लक्षित छ । साथै उनले प्रतिपक्षले मर्यादा कायम नगरेको कुरा पनि उल्लेख गरे । ‘मर्यादा कायम गरे बृहत् रूपमा सभामा छलफल गरेर सभाको गरिमा बचाउन सकिन्थ्यो,’ उनले भने । यस्तै उनले कांग्रेसले धैर्यता कायम गर्न नसकेको पनि बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप