बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक बहुमतले पारित

सोमबार, १७ असार २०८१, १९ : १८
सोमबार, १७ असार २०८१

काठमाडौँ । लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ संसदबाट बहुमतले पारित भएको छ ।   

सोमबारको प्रतिनिधि सभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रस्तुत गर्नुभएको विधेयक बहुमतले पारित भएको हो । 

सभाको बैठकमा सभामुख देवराज घिमिरेले सरकारले ल्याएको लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न ल्याएको विधेयक संसदबाट बहुमतले पारित भएको घोषणा गरे । 

संसदमा सांसदहरूले विधेयकमाथि छलफल गरी मन्त्री भण्डारीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप