बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

लगानीसम्बन्धी कानुनहरूलाई लगानीमैत्री बनाउनुपर्ने राष्ट्रिय आवश्यकता : उद्योगमन्त्री भण्डारी

सोमबार, १७ असार २०८१, १९ : १५
सोमबार, १७ असार २०८१

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सम्बन्धी कानुनहरूलाई लगानीमैत्री बनाउनुपर्ने राष्ट्रिय आवश्यकता रहेको बताएका छन् ।  सोमबार प्रतिनिधि सभामा भएको लगानी सहजिकरण सम्बन्धी ऐन छलफलमा भाग लिँदै यस्तो बताएका हुन् । 

मन्त्री भण्डारीले लगानी सहजिकरण सम्बन्धी मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्ने गरी समेटिएको बताए । उनले लगानी सहजिकरण सम्बन्धी ऐनमा सत्ता र प्रमुख प्रतिपक्ष सबैका भावनाहरूलाई मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्ने उद्देश्यको साथ समेटिएको बताए । 

उनले भने,‘ लगानी सहजिकरण सम्बन्धी ऐनमा सत्ता र प्रमुख प्रतिपक्ष सबैका भावनाहरूलाई मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्ने उद्देश्यको साथ समेटिएको छ । कानुनहरूलाई लगानीमैत्री बनाउनुपर्ने राष्ट्रिय आवश्यकता छ । राष्ट्रिय चुनौतीलाई राष्ट्रिय एकताको भावबाट सम्बोधन गर्नु पर्ने जुन आवश्यकता छ । त्यो कुरालाई ध्यानमा राखेर सबै संशोधनका पक्षलाई स्वीकार गरेको छु । यो भन्दा पनि अन्य प्रर्याप्त कानुनहरू संशोधनको आवश्यकता छ । संशोधनकर्ताहरूले राख्नु भएको विचारहरूलाई स्वीकार गरेको छु ।’

मन्त्री भण्डारीले राष्ट्रिय चुनौतीलाई राष्ट्रिय एकताको भावबाट सम्बोधन गर्नुपर्ने आवश्यकता ध्यानमा राखेर सबै संशोधनका पक्षलाई स्वीकार गरेको बताए । उनले अन्य पर्याप्त कानुनहरू संशोधनको आवश्यकता रहेको उल्लेख गरे । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप