बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

अभिनेत्री हिना खानलाई ब्रेष्ट क्यान्सर

सोमबार, १७ असार २०८१, १८ : ०९
सोमबार, १७ असार २०८१

नयाँ दिल्ली । भारतीय अभिनेत्री हिना खान यतिबेला स्तन क्यान्सरसँग लडिरहेकी छिन् । मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना गरेर उनको उपचार भइरहेको छ । 

अस्पतालमा हिनाकी आमा रुक्साना असलम खान र प्रेमी रकी जैसवाल पनि साथै रहेको बताइएको छ । उपचार चलिरहँदा हिनाले सामाजिक सञ्जालमा नियमित रूपमा आफ्नो अवस्थाबारे पोष्ट गरिरहेकी छिन् । इन्स्टाग्राम स्टोरीमा उनले विचार शेयर गरिरहेकी छिन् । 

हालै एक स्टोरीमा उनले लेखेकी थिइन्, ‘म आफ्नो यात्राको झ्यालबाट बाहिर नियालिरहेकी छु । यो पोष्ट ती सबै महिला र पुरुषहरूको लागि हो जो यतिबेला क्यान्सरसँग लडिरहेका छन् ।

चोट लागे पनि नआत्तिऊ

हिनाले अगाडि लेखेकी छिन्, ‘यो एउटा कठिन लडाई हो, जसका लागि धेरै साहस चाहिन्छ । मलाई आशा छ कि मेरो यात्रा पनि साहसका साथ जारी रहनेछ र पाना पल्टाउँदै आफ्नो कथालाई सुन्दर बनाउने तरिकाहरू खोजिरहेका म जस्ता धेरै मानिसहरूलाई प्रेरणा दिनेछ ।’ चोट लागे पनि आत्तिनु चाँहि हुन्न भन्ने कुरा सधैँ याद राख्न पनि स्टोरीमा उनले भनेकी छिन् ।

सेलिब्रेटीहरूले कमेन्ट गरेर गरिरहेका छन् प्रार्थना

हिनाले गत शुक्रबार सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै आफू स्तन क्यान्सरसँग लडिरहेको बताएकी थिइन् । ‘हालै फैलिएको अफवाहबारे म तपाईँहरूसँग केही महत्त्वपूर्ण समाचार शेयर गर्न चाहन्छु । म स्तन क्यान्सरको तेस्रो चरणमा छु ।’ अभिनेत्रीले पोष्टमा लेखेकी थिइन् । हिनाको यो पोस्टमा अंकिता लोखंडे, गौहर खान, आमिर अली र अदा खानलगायत धेरै सेलिब्रेटीहरूले कमेन्ट गरेर उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप