बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय
राजनीति

एमाले अध्यक्ष ओलीले किन बोलाए मन्त्रीहरूलाई बालकोट ?

सोमबार, १७ असार २०८१, १७ : ५१
सोमबार, १७ असार २०८१

काठमाडौँ । सत्ता समीकरण परिवर्तनको चर्चा भइरहेका बेला नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट प्रतिनिधित्व गरेका मन्त्रीलाई आफ्नो निवास बोलाएका छन् । मन्त्रीहरूलाई अध्यक्ष ओलीले बालकोट बोलाएको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए । 

उनका अनुसार अध्यक्ष ओलीले सोमबार साँझ आफ्नो निवास बालकोट बोलाइएका हुन् । तर किन बोलाएको भन्ने नखुलेको ती मन्त्रीको भनाइ छ । 

‘बोलाउनुभएको हो तर किन भनेर थाहा छैन । उतै गएपछि थाहा हुन्छ’, उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप