बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

फिल्म ‘बुलाकी’ फेरि साउन ३२ मा प्रदर्शन हुने

सोमबार, १७ असार २०८१, १७ : ३६
सोमबार, १७ असार २०८१

काठमाडौँ । फिल्म ‘बुलाकी’ फेरि प्रदर्शनमा आउने भएको छ । फिल्म आउँदो साउन ३२ गते प्रदर्शन हुन लागेको हो । 

फिल्मका निर्माता तथा कलाकार बिराज विष्टले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै फिल्म साउन ३२ देखि फेरि प्रदर्शनमा आउन लागेको जानकारी दिएका हुन् । उनले २०८० सालको पहिलो दिन फिल्म प्रदर्शनमा ल्याइएपनि विभिन्न कारणले प्रदर्शनको दोस्रो दिन फिल्मको प्रदर्शन रोक्नु परेको भन्दै अहिले पुनः प्रदर्शनमा ल्याउन लागेको जनाएका छन् ।

मिडिया, वितरक, हलसंचालकलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘छत्रेश्वरी म्यानेजमेन्ट प्रालीको ब्यानरमा निर्माण भएको हाम्रो फिल्म ‘बुलाकी’ यसअघि २०८० सालको पहिलो दिन प्रदर्शनमा ल्याएको सर्वविदितै छ । तत्कालीन समयमा उत्पन्न परिस्थितिका बिच हामीले रिलिजको दोस्रो दिनमै चलचित्रको प्रदर्शन स्थगित गर्ने निर्णय गरेका थियौँ । दुईदिनको छोटो समयमै पनि दर्शकले दिनुभएको प्रेम, चलचित्रकर्मी तथा हल व्यवसायीहरूले दिनुभएको स्थानप्रति कृतज्ञ छौँ ।’

२०८० मा फिल्मलाई प्रदर्शनले कम शो दिएको भन्दै रिलिजको दोस्रो दिन प्रदर्शन स्थगित गरिएको थियो । छत्रेश्वरी म्यानेजमेन्ट प्रालीको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतिकर्ता स्वर्गीय मोती विष्ट हुन् । 

लक्ष्मण सुनार निर्देशित फिल्ममा सुरक्षा पन्त, बिराज विष्ट, नरेन खड्का लगायतको मुख्य अभिनय रहेको छ । फिल्मले कर्णाली भेगको जारी प्रथा कथावस्तुको रूपमा उठाएको छ । फिल्मका निर्माता टोपेन्द्र विष्ट हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप