बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय
पदाधिकारी बैठक

बैठकमा देउवाको बिफ्रिङ : ओलीसँगको कुराकानी सकारात्मक छ

सोमबार, १७ असार २०८१, १७ : ११
सोमबार, १७ असार २०८१

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ता सकारात्मक भएको बिफ्रिङ गरेका छन् ।  आफ्नो निवास बुढानीलकण्ठमा सोमबार अपरान्ह बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा देउवाले ओलीसँगको भेटवार्ता सकारात्मक भएको बताएका हुन् । 

बैठकपछि पत्रकारहरूसँग कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले देउवा र ओलीबिच सकारात्मक कुराकानी भएको बताए । ‘बालकोटमा पूर्वप्रधानमन्त्री ओलीसँग अत्यन्तै सौहार्दपूर्वक भेट भएको छ। सकारात्मक कुराहरू छन्। यसका बारेमा अहिले धेरै टिप्पणी नगरौं,’ देउवाका भनाइ उद्धृत विश्वकर्माले भने । 

विश्वकर्माका अनुसार ओलीले देउवालाई चिया खान निवास बालकोटमा बोलाएपछि सभापति देउवा गएका थिए।  ‘अहिले ओलीजीसँग सुमधुर र सकारात्मक छ,’ देउवाको भनाइ थियो। बैठकमा भ्रातृ संस्था र समसामयिक राजनीतिक घटनाक्रममा कुराकानी भएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप