प्रधानमन्त्री बन्ने चर्चा हुनु धेरै राम्रो : ओली
सोमबार, १७ असार २०८१, १७ : ००

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा (एमाले) बिच सत्ता साझेदारीको चर्चा चलिरहेको बेला एमाले अध्यक्ष केपी शर्माओलीले ‘बाहिर चर्चा हुनु धेरै राम्रो’ भनेका छन् । सोमबार संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूले ओलीको प्रधानमन्त्री बन्ने सम्भावनाबारे राखेको जिज्ञासामा चर्चा हुनु राम्रो हो भनेका हुन् ।
ओलीले यस वर्ष आफू प्रधानमन्त्री बन्नेजस्तो नलागेको पनि बताए । प्रधानमन्त्री बन्ने चर्चा र शपथ लिनेबारे सञ्चारकर्मीको जिज्ञासामा उनले ‘यस वर्ष त त्यस्तो लाग्दैन त मलाई’ भनेका हुन् ।
गत शनिवार कांग्रेस सभापति शेरबहादुर देउवा र ओलीबिच लामो भेटवार्ता भएपछि सत्ता उथलपुथल हुन लागेको भन्दै राजनीति तरङ्गित बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमण : मृत्यु हुनेको सङ्ख्या ७४ पुग्यो
-
समाजवादी ट्रेड युनियन महासंघको महाधिवेशन हुँदै
-
दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
सीके राउतको गेम : श्रीमानविरुद्ध उजुरी, श्रीमतीलाई कुर्सी
-
माल्टामा क्यासियर काम गर्दै आएका सरुनलाई अन्तर्राष्ट्रिय बडीबिल्डिङ प्रतियोगितामा उत्कृष्ट सफलता
-
शुभयात्रा कलेक्सनको आउटलेट विस्तार