फ्रान्समा चरम दक्षिणपन्थी पार्टी पहिलोपटक सत्तामा आउने सम्भावना

पेरिस । फ्रान्सको संसदीय चुनावको पहिलो चरणमा अति दक्षिणपन्थी पार्टी नेशनल र्यालीले ३३ दशमलव १४ प्रतिशत मतका साथ अग्रता लिएको छ । आइतबार भएको निर्वाचनको मतगणनाको रुझान पछि नेशनल र्याली पार्टीका समर्थकमा खुसीको लहर देखिएको छ ।
दोस्रो चरणको मतदान आउँदो आइतबार हुँदैछ । अहिलेको अग्रतालाई हेर्दा फ्रान्समा अति दक्षिणपन्थी सरकार गठन हुने सम्भावना देखिएको छ । तर केही राजनीतिज्ञहरूले मतदाताहरूलाई अति–दक्षिणपन्थी उम्मेदवारहरूलाई सत्तामा आउनबाट रोक्न रणनीतिक मतदान प्रयोग गर्न आह्वान गरिरहेका छन् ।
दोस्रो चरणको निर्वाचनपछि कुनै एक दलले स्पष्ट बहुमत ल्याउँछ भन्ने चाँहि अहिले स्पष्ट छैन । यसअघि फ्रान्सको राष्ट्रिय चुनावको पहिलो चरणमा कहिले पनि अति दक्षिणपन्थी पार्टीले जित हासिल गरेको छैन । नेशनल र्याली पार्टीका नेता मारिन ले पेन र जोर्डन बर्डेलाले फ्रान्सको ५७७ सिट भएको राष्ट्रिय सभामा २८९ सिटका साथ बहुमत हासिल गर्ने चाहना राखेका छन् ।
फ्रान्सका वर्तमान राष्ट्रपति इम्यानुअल म्याक्रोँको केन्द्रवादी गठबन्धन २१ प्रतिशत मतका साथ तेस्रो स्थानमा छ । दोस्रो स्थानमा करिब २८ प्रतिशत मतसहित अति वामपन्थी दल न्यु पपुलर फ्रन्ट छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?
-
उपराष्ट्रपति यादवद्वारा महावीर जन्मजयन्तीको शुभकामना
-
१२५ प्रतिशतबढी भन्सार लगाएपछि चीनसँग कुराकानी गर्ने ट्रम्पको उद्घोष
-
बंगलामुखिको बार आज कुन राशिलाई कति लाभदायी ?
-
मुक्तिनाथ गुठीको १७ हजार रोपनी जग्गा भोगचलन गर्नेको पोल्टामा
-
चारदेशीय टी-२० आई सिरिजः नेपाल कुवेतसँग खेल्दै