बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

नाबालिगलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

सोमबार, १७ असार २०८१, १६ : ४२
सोमबार, १७ असार २०८१

वीरगन्ज । पर्सामा ५ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

तीन दिन अगाडि दिदीको डेरामा बस्दै आएका २५ वर्षीय युवकले त्यही घरमा बस्ने नाबालिगलाई बलात्कार गरेको प्रहरीले जनाएको हो ।  

नाबालिगलाई बलात्कार गरेको आरोपमा वीरगन्ज महानगरपालिका– ३१ का निरञ्जन मण्डल पक्राउ परेको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले जानकारी दिए । 

ढुंगेलका अनुसार सोमबार बलात्कार भएको घटनाबारे उजुरी आएको जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको र मुद्दा प्रक्रियामा अगाडि बढिसकेको उनले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप