अर्थ मन्त्रालयद्वारा दीर्घरोगी बिरामीका लागि ३५ करोड निकासा
सोमबार, १७ असार २०८१, १६ : ३६
_K7Lct6KCBw.jpg)
काठमाडौँ । अर्थ मन्त्रालयले दीर्घ रोगीहरूका लागि औषधि उपचार खर्च बापत ३५ करोड, २६ लाख १९ हजार रकम निकासा गरेको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मिर्गौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीका लागि उक्त रकम निकासा गर्नेसम्बन्धी फाइल स्वीकृत गरेका हुन् ।
उपचार खर्चसम्बन्धी कार्यविधि २०७८ अनुसार ती बिरामीले मासिक ५ हजार पाउँदै आएका छन् । स्वास्थ्य मन्त्रालयमार्फत देशभरका विभिन्न स्थानीय तहले रकम माग गरेका थिए ।
चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटबाट उक्त रकम निकासा गरिएको मन्त्रालयले जनाएको छ । उक्त रकम स्थानीय तहमार्फत बिरामीको बैङ्क खातामा जम्मा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेशजीको बार आज कसलाई कति फलदायी ?
-
देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?
-
कति पुग्यो अमेरिकी डलर र अन्य विदेशी मुद्राको दरभाउ ?
-
कर्णालीका ७१८ वडालाई वर्गीकरण गरेर विषादी प्रयोगमा कडाई
-
ला लिगामा सेल्टा भिगो र लस पल्मसले अंक बाँडे
-
धर्नामा बसेका कर्मचारीको आँखा छलेर मध्यरातमा प्रदेश निजामती विधेयक पारित