बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

साउदी अरबको बिन याला एक्सचेन्ज र नेपाल रेमिटबिच सम्झौता

सोमबार, १७ असार २०८१, १६ : २७
सोमबार, १७ असार २०८१

काठमाडौँ । साउदी अरबको बिन याला एक्सचेन्ज र नेपाल रेमिट इन्टरनेशनल प्रालिबिच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । यो सँगै साउदी अरेबियामा रहेका नेपालीहरूलाई रेमिट्यान्स पठाउन अव अत्यन्तै सहज हुने भएको छ । 

नेपालीहरूले नेपाल रेमिट मार्फत साउदी अरेबियाको रेमिट्यान्स् काउन्टरहरूबाट मात्र नभई  बिन याला एक्सचेन्जको मोबाइल एपबाट पनि नेपालका जुनसुकै बैंकको खाता तथा वालेटहरूमा रेमिट्यान्स् पठाउन सक्नेछन् । मोबाइल एप बाटै रेमिट्यान्स् पठाउन सकिने भएपछि साउदी अरेबियामा रहेका नेपालीहरूले आफू काममा रहेकै अवस्थामा पनि नेपालमा रेमिट्यान्स् पठाउन सक्ने भएपछि समय र खर्च दुवैको बचत हुनेछ ।  

रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिटका तर्फबाट कम्पनीका कार्यकारी अध्यक्ष रितेश मित्तल र बिन याला एक्सचेन्ज तर्फबाट प्रमुख कार्यकारी अधिकृत खुर्सान मुहम्मद हस्सन अल–याला ले हस्ताक्षर गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप